काठमाडौं । सुन व्यवसायसम्बन्धी संघ वा महासंघबाट सिफारिस लिँदा आयातकर्ताले शुल्क तिर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सुन आयातको स्वीकृतिका लागि सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको हो ।
केन्द्रीय बैंकले आज सूचना जारी गरेर बैंकहरुलाई आयातकर्तालाई सिफारिस गर्दा शुल्क नलिनका लागि निर्देशन दिएको हो । बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा १४ मा व्यवस्था भएबमोजिम सिफारिस लिँदा कुनै शुल्क नलाग्ने जनाएको छ । बैंकले शुल्क नलाग्ने व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्दै सिफारिस लिन आउने आयातकर्ता वा व्यवसायीलाई निःशुल्क सेवा दिन समेत निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस्