काठमाडौं । म्युचुअल फन्डहरुले सूचीकृत सेयरमा लगानी गर्ने क्रम बढ्दै गएको छ। फन्डहरुले एकै महिनाको अन्तरमा सूचीकृत सेयरमा लगानी २.२० प्रतिशतले बढाएका छन् ।
फन्डहरुले फागुन महिनासम्म सेयरमा ४३ अर्ब ६ करोड ७३ लाख ८९ हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनाकोे अन्तरमा यस्तो लगानी ९४ करोड ९९ लाख २८ हजार रुपैयाँले थपिएको छ। ४५ वटा फन्डले चैत महिनासम्म ४४ अर्ब १ करोड ७३ लाख १७ हजार रुपैयाँ गरेका छन् ।
४५ वटा फन्डमा २१ वटा फण्डले गर्ने लगानी घटेको छ भने २४ वटाको बढेको छ । फागुनसम्म ४३ वटा कम्पनीले सेयरमा लगानी गरेका थिए । चैतबाट एमबिएल इक्विटी फन्ड र सानिमा फ्लेकसी फण्डले लगानी थालेका छन् ।
फन्डहरुले बजारमा लगानी बढाँउदा बजारमा माग भने बढ्ने गर्छ । अहिले फण्डहरुले बैंकको मुद्दती निक्षेपमा ब्याज कम आउन थालेपछि बजारमा लगानी बढाएका छन् । अहिले फन्डहरुको रोजाइ बैंकको मुद्दती निक्षेपमा भन्दा बजारमा लगानी बढाउन बढी देखिएको छ ।
फन्डहरुले बैंकको मुद्दती निक्षेपमा राखेर ब्याज खानुभन्दा पनि बजारमा लगानी गर्न थालेपछि बजारमा सुधार देखिन थाल्छ । यो अवधिमा सबैभन्दा बढी एनआईएमबी सहभागिता फन्डले ४ अर्ब ५७ करोड ९७ लाख २८ हजार रुपैयाँ लगानी गरेको छ । यो फागुनको तुलनामा ५.७५ प्रतिशतले बढी हो ।
यस्तै एनएमबि एनएमबी सरल बचत फन्ड–ईले २ अर्ब ६६ करोड ११ लाख ७३ हजार, सिद्धार्थ इक्विटीले १ अर्ब ४३ करोड ६३ लाख ३१ हजार रुपैयाँ लगानी गरेका छन् । बजारमा १ अर्बभन्दा बढी लगानी गर्ने फन्डहरु १९ वटा छन् । सबैभन्दा कम लगानी सानिमा फ्लेक्सी फन्डको ३ करोड ८१ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्