एजेन्सी । भारतको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछिका दिनहरूमा पाकिस्तानी साइबर हैकर समूहहरूले भारतीय संस्थान र कम्पनीका वेबसाइटहरूमा बारम्बार आक्रमण सुरु गरेका छन् ।
नेशनल साइबर क्रू नामक ह्याकर समूहहरूले आर्मी पब्लिक स्कूल नगरोटा र सुंजवानको वेबसाइटमा साइबर आक्रमण गरेका छन् । यद्यपि, भारतीय साइबर सुरक्षा एजेन्सीहरू सतर्क अवस्थामा रहेकाले रियल टाइममै ह्याकर प्रयास पत्ता लगाएर असफल पार्न सफल भए ।
सूचनाअनुसार हैकरहरूले ती वेबसाइटहरू ह्याक गरी पहलगाम आक्रमणसँग जोडिएका झूटा पोस्टहरू अपलोड गर्ने, पीडितहरूको अपमानजनक सन्देश लेख्ने र डेटा चोरी गर्ने प्रयास गरेका थिए ।
यसअघि २९ अप्रिलमा एउटा ह्याकरको समूहले आर्मी पब्लिक स्कूल रानीखेत र श्रीनगरका वेबसाइटहरूमा आक्रमण गरेर भड्काउने सामग्री अपलोड गर्न खोजेका थिए । त्यसैगरी, आर्मी वेलफेयर हाउसिङ अर्गनाइजेसन (ब्ध्ज्इ) र भारतीय वायु सेनाको प्लेसमेन्ट पोर्टलमा पनि सेंध लगाउने प्रयास भएको थियो, जुन समयमै विफल बनाइयो ।
राजस्थान राज्यमा पनि पछिल्लो दुई दिनभित्र दुईपटक हैकिङको प्रयास भएको छ । २९ अप्रिलमा पाकिस्तानी हैकरहरूले राजस्थान शिक्षा विभागको वेबसाइट ह्याक गरी होमपेजमा पाकिस्तान साइबर फोर्स अर्को हमला गोलीले होइन, प्रविधिबाट हुनेछ भन्ने सन्देश पोस्ट गरेका थिए ।
त्यसअघि, २८ अप्रिलमा जयपुर विकास प्राधिकरण र स्वायत्त शासन तथा नगरीय विकास विभागको वेबसाइट पनि हैक गरी पहलगाम आक्रमणसँग सम्बन्धित सामग्री अपलोड गरिएको थियो । यता, भारतीय गृह मन्त्रालयको सिफारिसमा भारत सरकारले पाकिस्तानका १६ युट्युब च्यानलहरूमा प्रतिबन्ध लगाएको छ । ती च्यानलमा डन न्यूज, सामा टिभी र जियो न्यूजजस्ता प्रमुख मिडिया रहेका छन् । सरकारी स्रोतका अनुसार, ती च्यानलहरूले भारत, भारतीय सेना र सुरक्षा एजेन्सीहरूबिरुद्ध भ्रामक, भड्काउने र साम्प्रदायिक सामग्री प्रसारण गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्