Skip to content
Prabhu

बजाज नेपालको ‘ह्वेलस् अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न, उत्कृष्ट तस्बिरहरू कार्निभलमा प्रदर्शन हुने

nabil

काठमाडौं । बजाज नेपालले ‘ह्वेलस् अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ। प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्बिरहरू शेयर गर्न आमन्त्रण गरिएको थियो।

यो अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकहरूबीचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, समय र सन्दर्भ अनुसार अझै आत्मीय रुपमा झल्काउने अवसर प्रदान गरेको छ। प्रतियोगितामा ७० भन्दा बढी सहभागीहरूबाट सिर्जनात्मक,कलात्मक र भावनात्मक तस्बिरहरू प्राप्त भएको छ।

तीमध्ये बहुपक्षीय मूल्याङ्कन अनुरुप १२ जना विजेता छनोट गरिएको छ। सम्मान स्वरुप यी १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ। प्रत्येक विजेताले रु। १०,००० बराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन्। विजेता तस्बिरहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन गरिनेछ, जुन वैशाख १६ देखि २७ गतेसम्म भृकुटीमण्डपमा भइरहेको छ।

कर्निभलमा ग्राहकहरूका लागि आकर्षक अफरहरू छन् । कुनै पनि बजाज बाइक मात्र नागरिकताकै भरमा शून्य सर्भिस चार्जमै खरिद गर्न सकिन्छ। साथै अन द स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसोरीज र २० भन्दा बढी विज्ञ मूल्यांकनकर्ताहरुबाट ग्यारेन्टी गरिएको उच्चतम मूल्यांकनको व्यवस्था छ। नयाँ बाइक खरिदकर्ताहरूले बजाज खुसीको मिटर खेल्ने अवसर समेत पाउनेछन्, जसबाट थप आकर्षक पुरस्कारहरु जित्न सकिन्छ।

हंसराज हुंलासचन्द एन्ड कम्पनीका मार्केटिङ विभाग प्रमुख अमितराज चालिसेले ‘ह्वेलस् अफ मेमोरी’ प्रतियोगिता हाम्रो ब्रान्ड र ग्राहकहरूबीचको आत्मीय सम्बन्ध झन् मजबुत बनाउन गरिएको प्रयास हो। प्रत्येक नेपाली महिनालाई सम्मान गर्दै, बाइक प्रेमीहरूको जोश, सृजनशीलता र समर्पणलाई समेट्न पाउँदा हामी निकै उत्साहित छौं। यो अभियानले ग्राहकहरूलाई अझ नजिक ल्याएको छ र हाम्रो यात्रालाई थप अर्थपूर्ण बनाएको।’ जानकारी गराएएका छन्।

मोटरसाइकलहरू स्टाइल, प्रफर्मेन्स र बजेटका हिसाबले नेपालमा लामो समयदेखि विश्वासिलो ब्रान्ड बनिरहेको छ। ‘ह्वेलस् अफ मेमोरी’ जस्ता अभियानहरूमार्फत बजाजले नेपाली बाइकिंग समुदायसँगको सम्बन्ध अझ बलियो बनाउँदै गएको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal