Skip to content
Prabhu

सेयर बजार दोहोरो अंकले घट्दा पनि ४ कम्पनीमा सकारात्मक सर्किट

nabil

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द हुँदा ९६ कम्पनीको सेयर मूल्य बढेर कारोबार भएको छ । सेयर मूल्य बढेका कम्पनीमध्ये आज ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।

आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स्, छ्याङ्दी हाइड्रोपावर र ओम मेगा फमासिटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा नेपाल माइक्रो लाइफको सेयर मूल्य २०३ रुपैयाँ १० पैसाले बढेर २ हजार २३४ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो ।

त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य १६७ रुपैयाँ ९० पैसाले बढेर १ हजार ८४७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १० प्रतिशतले नै बढी हो। आज छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ४५ रुपैयाँ ८७ पैसाले बढेर ५०४ रुपैयाँ ९० पैसा पुगेको छ । ओम मेगाश्रीको सेयर मूल्य पनि आज ३९ रुपैयाँ ५० पैसाले बढेर ४३४ रुपैयाँ ७० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।

आज धेरै मूल्य बढ्ने शीर्ष पाँचौँ कम्पनीमा आइसीएफसी फाइनान्स कम्पनी रहेको छ । यो कम्पनीको सेयर मूल्य ९.७४ प्रतिशत अर्थात् ५७ रुपैयाँ ९९ पैसाले बढेर ६५३ रुपैयाँ १० पैसा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal