काठमाडौं । बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द हुँदा १५० कम्पनीको सेयर मूल्य घटेको छ । सेयर मूल्य धेरै घट्ने शीर्ष ५ कम्पनीमा ३ वटा विकास बैंक र २ वटा हाइड्रोपावर रहेका छन् ।
आज सेयर बजारमा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक, तथा हिमालयन पावर पार्टनर र बुटावल पावर कम्पनी रहेका छन् । आज सिन्धु विकास बैंकको सेयर मूल्य ३८ रुपैयाँ ६३ पैसाले घटेर ८९१ रुपैयाँ ३८ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.१५ प्रतिशतले कम हो । त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ३.८३ प्रतिशत अर्थात् ४५ रुपैयाँ ७५ पैसाले घटेर १ हजार १४८ रुपैयाँ ०९ पैसा पुगेको छ ।
त्यस्तै, आज हिमालयन पावर पार्टनरको सेयर मूल्य १८ रुपैयाँ १७ पैसाले घटेर ५२५ रुपैयाँ १७ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.३४ प्रतिशतले कम हो । बुटवल पावर कम्पनीको सेयर मूल्य पनि आज ३.२९ प्रतिशत अर्थात् १७ रुपैयाँ ५५ पैसाले घटेर ५१६ रुपैयाँ ५५ पैसा पुगेको छ । आज आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५० रुपैयाँ ९२ पैसाले घटेर १ हजार ५५३ रुपैयाँ ३२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.१७ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्