Skip to content
Prabhu

भैरहवामा एनसेलको पहिलो ‘एनसेल सप इन सप’ सुरू

nabil

काठमाडौं । एनसेलले ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ। कम्पनीले आफ्नो पहिलो सप इन सप एनसेलले भैरहवामा आज (बिहीबार)बाट सञ्चालनमा ल्याएको हो।

भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको हो। एक कार्यक्रममाझ बिहीबार एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरेका थिए।

सप इन सपबाट ग्राहकहरुले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरू एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन्।

ग्राहकहरूले सिम लिने, रिचार्ज गर्ने, केवाइसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैं अन रिन्युअल जस्ता प्याकहरू, सेवा, सुविधा लिने, इसिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउने लगायतका विविध ग्राहक सेवाहरू लिन सक्छन्।

ुअब हाम्रा ग्राहकहरूले सबै ग्राहक सेवाहरू नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन्। आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको यो पहिलो सप इन सप एक उदाहरण हो। यस अवधारणा अनुरुप हामीले देशैभर विभिन्न स्थानहरुमा थप सप इन सपहरु सञ्चालनमा ल्याउने योजनाअनुसार काम गरिरहेका छौं जसले हाम्रो ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउने छ। हाम्रो थिम ‘हामी तपाईंकै लागिुको मूल मर्म अनुसार ग्राहकहरूलाई सेवा प्रदान गर्न सधैं प्रतिबद्ध छौं,’ रोड्रिगेजले भने।

रोड्रिगेजले उद्घाटनको अवसरमा सप इन सपमा आई ुस्पिन एन्ड ब्हिलु खेलेका अगन्तुकहरुलाई विभिन्न उपहारहरू पनि वितरण गरेका थिए। आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन यस सप इन सपले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ। आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टरहरू पनि सञ्चालन गर्दै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal