भुटानमा संयुक्त रूपमा ५ हजार मेगावाट जलविद्युत् परियोजना निर्माणको लागि भारतको अडानी ग्रुपले लगानी गर्ने भएको छ ।
भारतको अडानी समूह र भुटानको ड्रुक ग्रीन पावर कर्पोरेशनबीच् जलविद्युत् आयोजना निर्माणमा हस्ताक्षर भएको छ ।
अडानी समूहका अध्यक्ष गौतम अडानीले हस्ताक्षरपछि छिरिङ तोब्गेका प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।
प्रधानमन्त्री दाशो छिरिङ तोब्गे, ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री लियोन्पो जेम छिरिङ सहित र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा थिम्पुमा डीजीपीसीका एमडी दाशो छेवाङ रिन्जिन र अडानी ग्रिन हाइड्रो लिमिटेडका सीओओ नरेश तेलगुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यो सम्झौतासँगै भुटानमा बन्ने जलविद्युत् परियोजनाबाट भारतमा विजुली लगिने छ ।
सम्झौता अुनसार ५१ प्रतिशत सेयर डीजीपीसीको बहुमत हुने छ भने ४९ प्रतिशत अडानी समूहको हुने छ ।
भुटानले २०४० सम्म २० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्