Skip to content
Prabhu

तोलामा १ हजार ४ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

nabil

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ । चाँदीमा भने प्रतितोला पाँच रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९ सय ६० मा बेचबिखन भइरहेको छ ।

बिहीबार प्रतितोला सुन १ लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी एक हजार ९ सय ५५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal