Skip to content
Prabhu

मन्त्री खड्काले भने– श्वेतपत्रले प्राधिकरणको यथार्थ बाहिर ल्यायो, अब लोडसेडिङ हुँदैन

nabil

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको अहिलेको यथार्थ श्वेतपत्रमार्फत बाहिर ल्याइएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दाबी गरेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार प्राधिकरण घाटामा गएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको बताए । खड्काले छिट्टै प्राधिकरणको पछिल्लो वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गराउने बताए ।

मन्त्री खड्काले प्राधिकरणको श्वेतपत्रप्रति सांसदहरूले राखेका धारणाप्रति आफ्नो धारणा राख्न सांसद स्वतन्त्र रहेको प्रतिक्रिया दिए । उनले संसद् अधिकारसम्पन्न रहेकाले संसदीय समिति बनाएर छानबिन गरे अझ राम्रो हुने टिप्पणी गरे । त्यस्तै, मन्त्री खड्काले अब मुलुकमा लोडसेडिङ नहुने पनि बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal