Skip to content
Prabhu

इमर्जिङ्ग नेपाल नाफा ४३ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा इमर्जिङ्ग नेपालको नाफा ४३ प्रतिशतले भन्दा बढीले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ४३.८५ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ८६ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.८५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३४.८६ प्रतिशत घटेको छ भने अन्य श्रोतबाट भएको आम्दानी ५६.३५ प्रतिशत घटेको छ। कम्पनीको अन्य सञ्चालन आम्दानी भने ६.८९ प्रतिशत बढेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ६१ पैसा घटेर २ रुपैयाँ ७ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५८३.३६ गुणा रहेको छ । ५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड १९ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्