काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी टेक्नोलोजिस्ट, फार्मेसी अधिकृत (सातौं तह), स्टाफ नर्स, फार्मेसी सहायक, रेडियोथेरापी टेक्निसियन (पाँचौं तह) र सहायक कम्प्युटर अपरेटर पद (चौथो तह) मा कर्मचारी माग गरेको हो।
सो अस्तपालले करार अवधिका लागि सातौं तहमा २ जना, पाँचौं तहमा ८ जना र चौथो तहमा १ जना गरी कुल ११ जना कर्मचारी माग गरेको हो।
सातौं तहको परीक्षा दस्तुर आठ सय, पाँचौं तहको ६ सय र चौथो तहको लागि चार सय रूपैयाँ तोकिएको छ। इच्छुकले जेठ ९ गतेभित्र आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्