Skip to content
Prabhu

एक वर्षको परीक्षणपछि नेपालमा ‘टुनल्याण्ड जी सेभेन’ सार्वजनिक गरिँदै

nabil

काठमाडौं । एमएडब्लू वृद्धिले अन्तर्राष्ट्रिय स्तरको टुनल्याण्ड जी सेभेनअब नेपालमा पनि आउने भएको छ ।

नेपाली बाटोमा सफलतापूर्वक सञ्चालन गर्न सकियोस् भनेर विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको यो शक्तिशाली गाडी भएको एमएडब्लू वृद्धिले जनाएको छ । नेपालको विभिन्न भू–भागमा एक वर्षसम्म गरिएको परीक्षण गरेको जनाइएको छ ।

उन्नत फिचरहरूसँगै टुनल्याण्ड जी सेभेन बलियो मात्र नभई फराकिलो पनि छ। यसमा १६० हर्सपावरको इन्जिन र ३९० एनएम टर्क रहेको छ । २२५ मिमिको ग्राउन्ड क्लियरेन्स भएकोले यसलाई अप्ठ्यारो, उकालो ओरालो सडकमा पनि सजिलै चलाउन सकिन्छ । यसमा भएको मोडर्न इन्जिन ‘पुस–स्टार्ट’ बटनले यसलाई नयाँ चालकहरूका लागि झनै सजिलो बनाउँने जनाइएको छ ।

सुरक्षाका दृष्टिकोणले चालकहरूका लागि ‘हिल होल्ड कन्ट्रोल’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ जस्ता सुविधाले सहुलियत प्रदान गर्दछन्।

१२.३ इन्चको ‘इनफिनिटी स्क्रिन’ले गाडीको भित्री भागलाई अत्याधुनिक र प्रिमियम बनाउँछ। यस स्क्रीनले उन्नत प्रविधि र शैलीको सन्तुलन दिन्छ भने पानोरामिक सनरुफले प्राकृतिक प्रकाश र ताजगी ल्याएर नेपालको सुन्दर दृश्यसँगको यात्रालाई झन रमाइलो बनाउने कम्पनीले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal