Skip to content
Prabhu

हुन्डाई नेपालद्वारा भुरतपुरमा क्रेटा इभी सार्वजनिक, ५ वटा इभी ग्राहकलाई हस्तान्तरण

nabil

काठमाडौं । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भरतपुर चितवनमा नयाँ क्रेटा इभि सार्वजनिक गर्दै अन्तरक्रिाय कार्यक्रम सम्पन्न गरेको छ । हुन्डाई नेपालले ग्राहक वर्गलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा उपभोक्ताहरुको मन जित्न सफल भइरहेको ब्राण्ड ले वैशाख २९ गते क्रेटा इभी सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार नयाँ इभी क्रेटाको आगमनले विद्युतीय सवारी सम्बन्धी सोच र शंका भएका ग्राहकहरुलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको छ । धेरैलार्य इभी खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शंका हुने गरेको देखिन्छ । तर हुन्डाई नेपालले देशमै क्रेटा आइसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको छ । क्रेटा इभी र आईसीइ दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले अब कुनै पनि समस्या नहुने कम्पनीले जनाउको छ ।

यसका साथै लक्ष्मी हुन्डाइले इभी इकोसिस्टमलाई पनि अझ मजबूत बनाउन रिल्याक्स चार्जिङ्ग नेटवर्क विस्तार गर्दै छ । जस अन्तर्गत अहिले नै देशभरका विभिन्न स्थानहरुमा रिल्याक्स डिसी र एसी गरि कुल ६६ वाटा चार्जर स्टेशनको सुरुवात भइसकेको छ । त्यसैले ग्राहकहरुलाई हुन्डाइको पेट्रोल र इभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै पनि किसिमको कमी नहुने दाबी कम्पनीको छ ।

नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा डिलरहरुसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीले वैशाख २९ गते पिनाकल ट्रेडिङ प्रालि मा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा इभी सार्वजनिक गरेको हो । यस कार्यक्रमले सहभागीहरुबाट अत्यन्त राम्रो प्रतिक्रिया पाएको छ । कार्यक्रम स्थलबाटै ५ वटा क्रेटा इभी ग्राहकहरुलाई हस्तान्तरण समेत गरिएको थियो । कम्पनीका प्रतिनिधिहरुले कार्यक्रममा सहभागीहरुसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal