काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा बीच भेटवार्ता भएको छ । दुई नेताबीच देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो ।
शर्माले सामाजिक सञ्जालमा फोटो राखेर भेटको पुष्टि गरेका छन् । ‘कांग्रेस सभापति देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भयो,’ शर्माले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्