काठमाडाैं । नेपाली बजारमा आइतबार प्रितताेला सुनको मूल्य ६०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोल १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। संघका अनुसार आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय ४५ रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्