Skip to content
Prabhu

हिमालयन बैंकको लोगो डिजाइन गरेर ३ दिनसम्म गोजीमा हालेर म बजार–बजार डुलेँः राजेन्द्र खेतान, उद्यमी (भिडियाेसहित)

nabil

नेपालको राजधानी काठमाडौं । काठमाडौंको पनि राजधानी न्युरोड । न्युरोडको पनि राजधानी इन्द्रचोक । त्यो समयमा नेपालको इकोनोमी हब नै थियो, इन्द्रचोक । म त्यस्तो ठाउँमा हुर्केको हो । त्यो समयमा इन्द्रचोकको चारैतिर व्यापार र व्यवसाय मात्रै हुने गरेको थियो । दायाँबायाँ सबैतिर व्यापार । त्यो बेलाको घरमा सातौं तलामा भान्सा हुन्थ्यो ।

छिमेकीको घरमा खाना साट्नु पर्यो भने बाँसको लामो डण्डीमा बास्केट राखेर सातौं तलामा हामीहरू खानेकुरा वारिपारि गर्ने गर्थ्यौं । त्यो दिन देख्दा, सम्झँदा आजकाल भएको ड्रोन नेपालीले त्यो बेला नै बनाएका थिए । त्यो ड्रोड फिजिकल थियो । हातहातबाट चल्ने । त्यो अनुभव मसँग निकै छ ।

२०४६ सालसम्म प्रत्यक्ष राजतन्त्र, २०६३ सालसम्म बहुदल थियो । २०४६ भन्दा पहिला आम नेपालीले बैंकिङ तथा अन्य क्षेत्रमा लगानी गर्न अलि समस्या थियो । त्यो बेला उद्योग नखुलेका भने होइनन् । राजा महेन्द्रको पालामा धेरै नै विकास भयो। नेपाली उत्पादन जसले मुलुकलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउँछन्, त्यस्ता उत्पादन नेपालमा हुन सकेका थिएनन् ।

त्यो समयमा न्युरोडका पसलमा डबली भन्ने चलन थियो । डबलीमा पैसा साट्ने, ठूलो आकारको पिरामिड हुन्थ्यो । क्वाइन चाहियो भने साट्ने थियो । त्यो एक प्रकारको डिम बैंकिङ थियो ।

आफूसँग मानौ ५ हजार भयो भने राखिदिनु है, एक सातापछि लिन आउँछुभन्दा पनि पाइने । पहाडबाट आउनेहरू आफूसँग भएको जेथा राखेर पैसा लैजाने र फर्कंदा सकार्ने गर्थे । त्यो बेला एक खालको डिम बैंकिङ इन्द्रचोक रहेको थियो । २०४५ सालमा नेपालमा पहिलो अर्थसचिव र गभर्नर हिलमायनशमशेर जबरा हुनुहुन्थ्यो ।

उहाँसँग मिलेर हामीले ७ वटा काम गर्ने निधो गरेका थियौं । ७ वटा कामको निधो गर्दा पहिलो बैंकिङ थियो । नेपालमा निजी क्षेत्रको पहिलो बैंकका रूपमा २ वटा रहेका थिए । हिमालयन बैंक र एभरेष्ट बैंक स्थापना गर्ने मौका नेपालले पायो ।
हामी चार परिवार मिलेर त्यो समयमा हिमालयन बैंक स्थापना गरियो । हिमालयन शमशेरसहित चार परिवारको बराबरी सेयर स्वामित्व थियो ।

त्यो बेला बैंकिङ के हो भन्ने कुरा बुझियो । जुन दिन हामीले लोगो डिजाइन गर्यौं । लोगोको कपी सर्टको गोजीमा राखेर जीउ तन्काएर तीन दिन घुमेको मलाई आज पनि याद छ । त्यो बेलामा बाटोमा मलाई कसैले देखे मेरो बैंकको लोगो हेर्छन् भन्ने लाग्थ्यो ।

पहिला–पहिला यसलाई भन्दा नराम्रो रूपमा लिइन्थ्यो । तर, आज मलाई यसोभन्दा निकै गर्व लाग्छ । मैले त्यसको केही समयपछि वित्त क्षेत्रमा हात हाले । मैले कहिल्यै पनि उत्पादनमूलक क्षेत्रमा हात हालिन । जब तपाईं उद्योग सञ्चालन गर्न खाल्डो खन्नु हुन्छ । त्यो बेलामा नजिकका मान्छेले घेर्छन् कि हाम्रो मान्छेलाई जागिर दिनुपर्छ भनेर । त्यहाँबाट निकाल्ने पानी हाम्रो घरमा देउ, बिजुली हामीलाई देउ ।

सवारी साधानबाट सामान ढुवानी गर्दा सडक मर्मत गर्न पैसा देउ भन्ने धेरै हुने । ऋण लिएर चलाएको उद्योगमा खर्च बढी हुँदा त्यो चल्न असम्भव हुने रहेछ । त्यो दुःख मैले सानैबाट देखेँ । सानैबाट त्यस्तो दुःख देखेको भएर बैंक उद्योगमा गइन्। छोरीहरूमा बुबाको माया बढी हुने । उनीहरूलाई सुरक्षित राख्नुपर्ने । हामी राज्यसँग भ्रष्टाचारको विरुद्ध मात्रै नभएर अन्य विभिन्न क्षेत्रसँग लड्नुपर्ने बाध्यता छ। अब पढेका पुस्ताले त्यो गर्न सक्दैनन् ।

अब लड्ने हैन । आफूभित्र रहेको उद्यमशीलता, इनोभेसन देखाउने हो । भ्यालु एडिसन गर्ने हो । अहिलेको पुस्ताले पैसा खुवाएर सामान बेच्छु भन्दैन । उसको क्षमता, बौद्धिकताको काम होइन त्यो । मैले पनि त्यही भएर नै वित्तीय क्षेत्र छानेको हो ।

उत्पादन गर्ने उद्योगले उत्पादन गर्छ । भ्यालु एड गर्छ । व्यापार गर्नेले व्यापार गर्छ । यसलाई विधाका रूपमा लिएर मैले अन्य क्षेत्रभन्दा वित्तीय क्षेत्रमा काम गर्न सक्छु भन्ने भएपछि त्यो सपनालाई पछ्याएर । ३३ वर्षको अवधिमा लगभग नेपालका सबै वित्तीय क्षेत्रमा चाहे आधा प्रतिशत सेयर होस्, चाहे ३५ प्रतिशत नै किन नहोस् ।

आज सबै क्षेत्रमा जति नै भए पनि लगानी छ । यो सबै गर्न सपना पुरा गर्ने विचार मेरो हो । लागेर काम गरेको पनि मैले नै हो । त्यसका लागि समय धेरै लाग्यो । नेपालमा लाइसेन्स राजको समस्या आज पनि छ ।

अहिले हामीले पछिल्लो समयमा करिब ८० प्रतिशत बजार हिस्सा भएको डिजिटल पेमेन्ट वालेट ‘फोन पे’ मा लगानी गरेका छांै । भोलिको पुस्ताले खोज्ने भनेको उसको मोबाइल र ल्यापटपमा एउटा एप खोल्दा पहिला उ सुरक्षित हुनुपर्यो ।

उसले चाहेको बेला पैसा झिक्न पाउनु पर्यो । चाहेको बेला लोन लिन, चाहेको बेला एलसी खोल्न, चाहेको बेला ऋण तिर्न, चाहेको बेला बिमा गर्न, चाहेको समयमा सेयर बजारमा कारोबार गर्न पाउनु पर्यो । चाहेको म्युचुअल फण्डका लगानी गर्न पाउनुपर्यो । चाहेको बेला वित्तीय क्षेत्रका सबै काम एउटै विन्डोबाट गर्न पाउनुपर्यो । अब हामी एपबेस सोलुसनमा जाँदै छाैं ।

म भएको क्षेत्रमा नियामकको, कम्पनीको, कम्पनीको आन्तरिक, कम्पनीको कम्प्लायन विभागको, अडिट विभाग र अडिट बोर्डले अडिट गर्ने गरेको छ । यति धेरै अडिट हुँदा तलत हुने सम्भावना न्युन छ । यति धेरै अडिट हुँदा गलत हुने सम्भावना ०.०१ प्रतिशत मात्रै हुन्छ । यो भनेको सुरक्षित हो । जब सुरक्षित हुन्छ नी जब मान्छे दौडिन सक्छ ।

आफ्नो कर्मचारीलाई पनि तिमी दौड, तिम्रो पछाडि म छु, १०० काम गर्दा १, २ वटा बिग्रन्छ चिन्ता नलेउ भन्ने हो भने उसको गति निकै नै बढ्छ । नेपाल औद्योगिक रुपमा प्रतिस्पर्धात्मक मुलुक होइन । त्यसको कारण हो– कुनै सामान १० हजार टन चीनले बनाउँछ भने भारतले २ हजार टन उत्पादन गर्छ भने हाम्रो क्षमता २ सय टनको हो ।

इनोभेसन, क्रियटिभीटी, मौलिकता भएको क्षेत्र प्रतिस्पर्धात्मक भएन । हामी तुलनात्मक लाभको इकोनोमी हौ । नेपाल भनेको यस्तो देश हो, माटोबाट पैसा कमाउन सकिन्छ । पानीबाट पैसा कमाउन सकिन्छ । हावाबाट पैसा कमाउन सकिन्छ । यस्तो मुलुक विरलै पाइन्छ । नेपाल जताततै हरियाली, डाँडाकाँडा भएको मुलुक हो ।

अब नेपालमा प्रविधिमा लगानी गर्ने हो भने त्यसमा धेरै नै सम्भावना छ । यसमा हामी सबैले अब ध्यान दिऔं ।

(अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले आयोजना गरेको कार्यक्रममा दिएको मन्तव्य)

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal