Skip to content
Prabhu

धितोपत्र बोर्डले गर्यो ११ ब्रोकरलाई कारबाही

nabil

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ वटा ब्रोकर कम्पनीलाई कारबाही गरेको छ ।

वैशाख २५ गतेको निर्णय अनुसार ब्लुचिप सेक्यूरिटिज लि., प्रोपर्टि विजार्ड लि. स्टक्स्कार्टस् सेक्यूरिटिज लि., सुमेरु सेक्यूरिटिज प्रा. लि., रोड्शो सेक्यूरिटिज लि, सगरमाथा सेक्यूरिटिज लि., इन्फिनिटी सेक्यूरिटिज लि. रहेको छ ।
यस्तै म्याग्नेट सेक्यूरिटिज एण्ड इन्भेष्टमेण्ट कम्पनी लि., एलिट मर्चेन्ट क्यापिटल लि., रिलायबल इन्भेष्टमेण्ट एण्ड मर्चेण्ट क्यापिटल लि र रिलायबल भेन्चर क्यापिटल लि लाई कारबाही गरेको छ ।

११ वटा ब्रोकरले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६ को दफा १८ (१) को व्यवस्थाको परिपालना नगरेको भन्दै कारबाही गरेको हो ।

यी ब्रोकरहरुले सूचक संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) ऐन, २०६४ को दफा ७ फ को उपदफा (१) को खण्ड (क) बमोजिम कारबाही गरेको सेबोनले जनाएको छ ।

बोर्डका अनुसार यी ब्रोकरलाई कारबाही स्वरुप पहिलो चरणमा लिखित सचेत गराइएको हो । आगामी दिनमा कानून कार्यान्वयन नगरेको खण्डमा थप कारबाही हुने बोर्डले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal