काठमाडौं । ग्लोबल आइएमई बैंक र चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति भएको हो ।
सो समझदारीपत्रमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरे ।
सहमतिअनुसार बैंकका डेबिटरक्रेडिट कार्ड एवम् मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
बैंकका ग्राहकलाई आई सेन्टरमा सामान्य आँखा परीक्षण, डाक्टरद्वारा सिफारिस चस्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
ग्लोबल आइएमईका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
साे बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ८५ एटिएम, २ सय २ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस्