काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसको आन्तरिक द्वन्द्वकाे चपेटामा परेको नेपाल राष्ट्र बैंकले आज गभर्नर पाउने सम्भावना अझै पनि अन्यौलमा नै रहेको छ ।
आज साँझ बस्ने मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकको आगामी गभर्नर नियुक्त गर्ला वा नगर्ला अहिले धेरैको चासोको विषय यही नै देखिएको छ ।
गभर्नरको विषयमा फागुन तेस्रो सातादेखि सत्ता साझेदार दलबीच नै अन्तर विरोध देखिएको छ । कांग्रेसले गभर्नर नियुक्ति गर्न केपी ओली तयार भएका छन् भनिरहेको छ भने ओली यो सरकार आफूले मात्रै चलाएको होइन भनेर जवाफ दिइरहेका छन् ।
गभर्नर बनाउन छनोट समिति बनेपछि राजीनामा दिने र नयाँ नियुक्ति पनि धेरै नै भएको छ । गभर्नर बन्ने भनेर नै गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले नै वैशाख २६ गते राजीनामा दिएर बसेका छन् ।
उनको ठाउँमा सरकारले वैशाख ३१ गते डा पोशकराज पाण्डेलाई नियुक्त गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलेको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन भएको छ । समितिको सदस्यमा राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा. पाण्डे छन् ।
वैशाख ९ गते गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिए । उनको स्थानमा सरकारले निवर्तमान गभर्नर अधिकारीलाई नियुक्त गर्यो । अधिकारी गभर्नर भएको समयमा नै समिति बनेको र कानुनी रूपमा यो नमिल्ने भन्दै सर्वोच्चमा रिट निवेदन परेको छ । त्यो अझै टुंगो लाग्न सकेको छैन ।
यसले पनि आज गभर्नर नियुक्त हुने विषयमा अन्यौलतमा नै रहेको छ ।
यो समाचार तयार पार्दासम्म गभर्नर छनोट सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन । उक्त बैठक नाम मात्रैको भएपनि एक पटक मात्रै भए पनि बस्नुपर्ने बाध्यता छ । यसअघि बैठक नबसेका भने होइनन् । यो बीचमा गभर्नर सिफारिसका लागि अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित समितिकबाट २ जनाले राजीनामा दिइसकेका छन् । नयाँ सदस्यमा पाण्डे आएपछि बैठक नसबेको बताइएको छ ।
सरकारले समयमा गभर्नर नियुक्त गर्न नसक्दा कतै सरकार नै ढल्ने त होइन भन्ने सम्मको चर्चा सुरु भएको छ । नेपाली कांग्रेसले गभर्नर आफ्नो भागमा परेको भन्दै दाबी गरिरहेको छ । एमाले भने कामु गभर्नर निलम ढुंगानालाई छोडने पक्षमा छैन ।
प्रतिक्रिया दिनुहोस्