Skip to content
Prabhu

सेयर बजारमा वित्तीय क्षेत्रको प्रभुत्व घटाउँदै उत्पादनमूलक कम्पनीको सहभागिता बढाउन आवश्यकः कामु गभर्नर तिम्सिना

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले सेयर बजारमा वित्तीय क्षेत्रको प्रभुत्व घटाउँदै उत्पादनमूलक कम्पनीहरूको सहभागिता बढाउन आवश्यक रहेको बताएकी छिन् ।

नेपाल सेयर बजार लगानीकर्ता संघका प्रतिनिधिसँगको भेटमा उनले सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूको ६० प्रतिशत भन्दा बढी हिस्सा रहेको उल्लेख गर्दै उत्पादनमूलक कम्पनीहरूको सहभागिता बढाउन र वित्तीय क्षेत्रको प्रभुत्व क्रमशः घटाउन आवश्यक रहेको उल्लेख गरिन् ।

उनले नेपालको सेयर बजारलाई थप समृद्ध बनाउन वास्तविक अर्थतन्त्रको विस्तार र उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् । डा. ढुङ्गानाले राष्ट्र बैंक शेयर बजारको प्रत्यक्ष नियामक नभए पनि मौद्रिक नीति र ब्याजदरले बजारको गतिशीलतामा महत्त्वपूर्ण प्रभाव पार्ने स्पष्ट पारिन् ।

भेटमा लगानीकर्ता संघका पदाधिकारीहरुले लगानीकर्ताहरूलाई वित्तीय साक्षरता प्रदान गर्ने, सेयर बजारसम्बन्धी सूचना प्रवाहलाई प्रभावकारी बनाउने र बजारमा पारदर्शिता तथा विश्वसनीयता कायम गर्ने कामलाई प्राथमिकतामा राखेको जानकारी गराए । सेयर बजारलाई आम लगानीकर्ताका लागि सुरक्षित र समावेशी बनाउन संघले रचनात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटका क्रममा संघका संस्थापक महासचिव रबिन कँडेलले सेयर बजारको अवस्था, यसमा देखिएका चुनौतीहरू र सम्भावनाहरूबारे चर्चा गरे । उनले संघले लगानीकर्ताको हित संरक्षण र बजारको स्थायित्वका लागि राष्ट्र बैकसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरे ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal