काठमाडौं । प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारबीचसमझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीसँगै बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछ ।समझदारीपत्रमा बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरे ।
सहकार्य अन्तर्गत, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले खानपानमा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत, आवास सेवामा १० प्रतिशत छुट र केबलकार यात्रा निःशुल्क गर्न पाउनेछन् ।
सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको छ । यसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्नेछ । ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण उपलब्धि हो ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ूबैंक अफ द इयर २०२३ू को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्