Skip to content
Prabhu

घरघर धाएर गभर्नर बनेको होइन, जनताको पैसाको रक्षा गर्छुः नवनियुक्त गभर्नर डा‍. पौडेल

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले सरकारले आफ्नो योग्यता र क्षमता हेरेर गभर्नर बनाएको भन्दै आफु कसैको घरघरमा गएर यो पद नपाएको दाबी गरेका छन् ।

सरकारले आगामी गभर्नरमा नियुक्त गरे लगत्तै लगानी न्यूज सँग संक्षिप्त प्रतिकृया दिँदै डा. पौडेलले आफु नियामक निकायमा रहेर कानूनले दिएको अधिकार प्रयोग गरेर सदैव स्वतन्त्र भएर काम गर्ने बताए ।

उनले लगानी न्यूज सँगको कुराकानीमा जनताको पैसाको रक्षा गर्नु आफ्नो पहिलो दायित्व भएको बताए ।

‘मलाई सरकारले विश्वास गरेर गभर्नरमा नियुक्त गरेको छ’ उनले भने ‘अब मेरो पहिलो काम भनेको जनताको पैसाको रक्षा गर्नु हो । म आफ्नो काममा दत्तचित्त भएर लाग्नेछु ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal