Skip to content
Prabhu

‘इस्टर्न ’बाट बाहिरिएका भवन भट्ट बूढानीलकण्ठस्थित ऊर्जामन्त्रीको होटल ‘होलिडे इन’ मा भित्रिए

nabil

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षसमेत रहेको व्यवसायी भवन भट्टले बूढानीलकण्ठमा रहेको पाँचतारे होटल होलिडे इन’ मा लगानीकर्ताका रूपमा भित्रिएका छन् ।

उनले व्यवसायीसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लगानी गरेको बूढानीलकण्ठमा रहेको पाँचतारे होटल ‘होलिडे इन’ को सेयर किनेका छन् । हालै भएको सम्झौताअनुसार ऊर्जामन्त्रीसँग भट्ट नयाँ साझेदारका रूपमा भित्रिएका हुन् ।

मन्त्री खड्काले करिब ३ अर्ब रुपैयाँमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् । यो होटलको व्यवस्थापन अमेरिकन चेन होटल इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी)ले लिएको छ ।

यो होटलमा २ अर्ब ९७ करोड १० लाख रुपैयाँ लगानी भएको छ । जसमा २ अर्ब १३ करोड १० लाख रुपैयाँ बैंक ऋण र बाँकी ८४ करोड १० लाख स्वपुँजी रहेको छ । होटलमा ७२ प्रतिशत बैंक ऋण र बाँकी २८ प्रतिशत संस्थापकको स्वपुँजी छ ।

यसअघि भवन भट्टले झापाको धुलाबारीमा रहेको पाँचतारे होटल इस्टर्नमा लगानी गरेका थिए । ऊर्जामन्त्री दिपक खड्को नै लगानी गरेको उनले इस्टर्न होटलको स्वामित्व लिने समझदारी भट्टले गरेका थिए । तर,झापामा लगानी नगर्ने लगानी
काठमाडौंमा नै गर्ने गरेर उनी काठमाडौं फर्किएका हुन् ।

भट्टले इस्टर्न होटलमा गर्ने भनेको लगानी मन्त्री खड्कालाई स्वामित्व हस्तान्तरण गर्ने र खड्काकै लगानी रहेको बूढानीलकण्ठमा रहेको पाँचतारे होटल ‘होलिडे इन’ लगानीकर्ताको रुपमा भित्रने निर्णय गरेका गरेका हुन् ।

इस्टर्न होटल ३ बिगाह क्षेत्रफलमा फैलिएको छ । यसको लागत एक अर्बभन्दा बढी परेको छ । २ सय १५ वटा कोठा होटलमा रहेको छ । यो होटलमा पनि पहिला मन्त्री दीपक खड्का कै रहेको थियो । उनी होटलका अध्यक्ष थिए ।

यता ‘होलिडे इन’ शिवपुरी जंगलको फेदमा रहेको यो होटल १ लाख ४२ हजार ७८३ वर्गफिट क्षेत्रफलमा फैलिएको छ । होटलमा १०४ कोठा छन् । कोठाहरूमा ५५ इन्चको स्मार्ट टिभी, उच्च गतिको वाइफाइ रहेको छ । यहाँ १२ वर्षमुनिका बालबालिकालाई निःशुल्क बस्न र खान खुवाइने जनाइएको छ। यो नै परिवार मैत्री बसाइको लागि उत्तम विकल्प भएको होटलले जनाएको छ ।

यसको सञ्चालकमा बिनिता खड्का छिन् । होटलमा फुड एन्ड बेभरेज सेवासाथै, क्यासिनो, स्वीमिङ पुल, बैंक्वेट हल, रेस्टुरेन्ट, कन्फेरेन्स हल, स्पालगायत सुविधा छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal