काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको निरीक्षणलाई बढाएको छ ।
प्राधिकरणका अनुसार वैशाख १५ सम्म विभिन्न ३१ वटा निरिक्षण गरेको छ । प्राधिकरणले जीवन, निर्जीबन, पुनर्बीमा, लघु जीवन, लघु निर्जीबन बीमा कम्पनीमा ३१ वटा निरीक्षण गरेको हो ।
प्राधिकरणका अनुसार ४ वटा जीवन बीमक, ८ वटा निर्जीबन बीमक र ३ वटा लघु जीवन बीमकसहित १५
वटा कम्पनीमा नियमित स्थलगत निरीक्षण गरेको छ ।
यस्तै १० वटा आकस्मिक निरीक्षण गरेको जनाएको छ । साथै ६ वटा बीमा कम्पनीमा एएमएल, सीएफटी सम्बन्धी निरीक्षण गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्