Skip to content
Prabhu

‘नेपाल-जोर्डनबीच निजी क्षेत्रको सहकार्यले व्यापार र आर्थिक विस्तारतर्फ अग्रसर’

nabil

काठमाडौं । द्विपक्षीय आर्थिक सम्बन्धलाई मजबुत बनाउने दिशातर्फ एक महत्वपूर्ण कदम चाल्दै जोर्डनले नेपाली व्यापार प्रतिनिधिमण्डललाई चाँडै आतिथ्य गर्ने घोषणा गरेको छ ।

प्रतिनिधिमण्डले व्यापार र लगानीका सम्भावनाहरूको अन्वेषण गर्ने नेपालका लागि जोर्डनका अवैतनिक राजदूत युसुफ मुस्तफा अब्दुलघानीले बताए ।

नेपाल र जोर्डनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक उच्चस्तरीय समारोहमा बोल्दै राजदूत अब्दुलघानीले दुई देशबीचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन निजी क्षेत्रको नेतृत्वको महत्वमा जोड दिए ।

उनले भने, “सरकारहरूले नीति बनाएपछि त्यसलाई कार्यान्वयनमा लैजाने निजी क्षेत्रले हो ।” “जोर्डनमा पर्यटन, उत्पादन तथा औषधिजन्य क्षेत्रजस्ता थुप्रै सम्भावनाहरू छन्, र हामी नेपाली व्यवसायहरूलाई स्वागत गर्न इच्छुक छौं,” उनले भने।

त्यसअघि सोमबार राजदूत अब्दुलघानीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहदाको पत्र प्रस्तुत गरेका थिए । उनले काठमाडौंमा जोर्डनको अवैतनिक वाणिज्य दूतावासको औपचारिक उद्घाटन गरेका थिए ।

काठमाडौंमा खुलेको जोर्डनको अवैतनिक वाणिज्य दूतावास ले नेपाल–जोर्डन कूटनीतिक तथा व्यापारिक सम्बन्धमा नयाँ अध्यायको सुरुवात गरेको बताइएको छ ।

राजदूत अब्दुलघानीले हाल जोर्डनमा कार्यरत करिब ३,००० नेपाली कामदारहरूको योगदानको पनि कदर गर्दै सन् २०१७ मा हस्ताक्षर भएको श्रम सम्झौताका आधारमा पारदर्शिता र अवसर विस्तार गर्ने उद्देश्यले त्यसलाई थप सशक्त बनाउन जोर्डन इच्छुक रहेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले मध्यपूर्वमा शान्ति स्थापनाका लागि जोर्डनले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै नेपालसँगको व्यापार सम्बन्धलाई गहिरो बनाउने जोर्डनको प्रयासलाई पनि सकारात्मक रूपमा मूल्यांकन गरे । “नेपालसँगको व्यापार र लगानी विस्तार गर्ने जोर्डनको रचनात्मक प्रयास सराहनीय छ,” उनले भने।

नेपालका लागि जोर्डनका अवैतनिक वाणिज्यदूत कुनाल कायलले नेपाल–जोर्डन सहकार्यको रणनीतिक सम्भावनामा प्रकाश पार्दै नेपालमा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार र कृषि आधुनिकीकरणमा अवसरहरू रहेको उल्लेख गरे ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal