Skip to content
Prabhu

चन्द्रागिरि हिल्सले २ अर्बभन्दा धेरै ऋण रेटिङ गरायो

nabil

काठमाडौं । चन्द्रागिरि हिल्स कम्पनीले २ अर्ब रुपैयाँभन्दा धेरै दीर्घकालीन ऋणको रेटिङ गराएको छ । इक्रा नेपालले साे कम्पनीको ऋणको रेटिङ गराएको हो ।

कम्पनीले लिने उक्त ऋणलाई इक्रा नेपालले ‘एलएलबी प्लस’ क्रेडिट रेटिङ दिएको छ । यसले कम्पनीको ऋणको जोखिम स्तर मध्यम रहेको जनाउँछ ।

कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६३ करोड ७० लाख रुपैयाँको बराबरको व्यापार गरेको छ । कम्पनीको ब्यापार विगतका वर्षको तुलनामा घटेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२४ मा एक अर्बको व्यापार गर्दा २३ प्रतिशत कारोबार विदेशी पर्यटकबाट भएको कम्पनीले जनाएको थियो । कम्पनीले केबलकारसहित एक सय कोठाको सुविधाको बुटिक रिसोर्ट सञ्चालन गर्दै आएको छ ।

कम्पनीमा आइएमई ग्रुपका हेमराज ढकालको १९.२ प्रतिशत र चन्द्रप्रसाद ढकालको १४.६ प्रतिशत स्वामित्व छ । यस्तै उत्तमकुमार नेपाल, अम्बिकाप्रसाद पौडेल, कल्यान गुरुङ र मिनबहादुर गुरुङसमेतको स्वामित्व छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal