Skip to content
Prabhu

सेयर बजारमा हरियालीः कसले कमाए, कसले गुमाए ?

nabil

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । कारोबारको सुरुदेखि नै बजारमा सुधार आएको थियो । जुन अन्तिम समयसम्म पनि कायमै रह्यो ।

बजार मापन गर्ने सूचक २३.१९ अंकले बढेर परिसूचक २६५३.०९ बिन्दु कायम भएको छ । ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा होटल, जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।

कारोबारमा मकर जितुमाया सुरी हाइड्रो, पियोर इनर्जी, दोल्ती पावर, बिन्धाबासिनी हाइड्रो, बुटवलपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै भुगोल इनर्जी, मिथिला लघुवित्त, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal