काठमाडौं । पछिल्लो ६ महिनामा ज्यास्मिन पेन्ट्स कम्पनीले १२ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले सन् २०२५ को ६ महिनामा उक्त रकम आम्दानी गरेको हो । यो आम्दानी सञ्चालन खर्च, ब्याज, कर, मूल्यह्रास र निष्क्रिय सम्पत्तिको ह्रास बाहेकको रकम हो ।
कम्पनीको यो आम्दानी गत आवको सोही अवधिको तुलनामा कम हो । कम्पनीको आम्दानी भने केही खस्केको छ । सन् २०२४ को ६ महिनामा कम्पनीले १२ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
२०५१ सालमा स्थापना भएको कम्पनी २०८१ सालमा पब्लिक कम्पनीमा परिणत भएको छ । कम्पनीले विदेशबाट कच्चा पर्दाथ आयात गरेर स्वदेशमा पेन्टिङको सम्पूर्ण सामान उत्पादन गर्ने गरेको छ ।
कम्पनीमा लक्ष्मण अर्याल, मधुसुदन अर्याल, अनुराधारा शर्मा अर्याल र संगिता अर्यालको लगानी रहेको छ । यस कम्पनीमा सबैभन्दा धेरै सेयर मधुसुदन अर्यालको रहेको छ ।
उनले कम्पनीमा ३६ प्रतिशत सेयर लगानी गरेका छन । यसैगरी, लक्ष्मण अर्यालको २३ प्रतिशत, अनुराधारा शर्मा अर्याल १५ प्रतिशत, सौगात अर्यालको १३ प्रतिशत । संगिता अर्यालको १० प्रतिशत सेयर रहेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्