धितोपत्र बजार मुलुकको विकासको लागि आन्तरिक पुँजी परिचालन गर्ने सबैभन्दा सशक्त र प्रभावकारी माध्यम हो । यस बजारमा मध्यस्थकर्ताको माध्यमबाट माग पक्षले धितोपत्र निष्काशन गरी बचतकर्तासँग रहेको वित्तलाई प्राप्त गर्दै उक्त लगानीयोग्य पुँजीलाई वास्तविक सम्पत्तिमा परिचालन गरी वस्तु तथा सेवा उत्पादन गरिन्छ । धितोपत्रको प्राथमिक र दोस्रो बजारमा विभिन्न प्रकृतिका बजार सहभागीहरू रहेका हुन्छन् ।
धितोपत्र बजारमा सहभागी संस्थाहरूको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गरी सरोकारवालाहरू प्रति उत्तरदायी बनाउनका लागि संस्थागत सुशासन आवश्यक हुन्छ । संस्थागत सुशासनले यस्ता संस्थाहरूलाई निर्देशित, नियमित र नियन्त्रित गर्दछ । संस्थागत सुशासनको ढाँचा मित्र संचालक समिति, व्यवस्थापन, सेयरधनीहरू र अन्य सरोकारवालाहरूको अधिकार र उत्तरदायित्व तोकिएको हुन्छ । यसले एउटा संस्था कसरी आफैमा संचालित र शासित हुने भन्ने जनाउँदछ ।
यसले उपयुक्त ढंगबाट संस्था संचालनको लागि व्यवस्था गरिएका नियम कानुन एवम् कार्यविधिलाई प्रतिविम्बित गर्दछ । संगठित संस्था मित्र उत्तरदायित्व, जवाफदेहिता, पारदर्शीता, कानुनी व्यवस्थाको पूर्ण पालना, उच्चस्तरको नैतिकता, उद्देश्यप्रति इमान्दारिता र सरोकारवाला पक्षहरूसँगको सुमधुर सम्बन्ध भए मात्र संस्थागत सुशासनको प्रभावकारी कार्यान्वयन भएको मान्न सकिन्छ । संस्थाको संचालक समिति, सेयरधनी तथा व्यवस्थापनको सम्बन्ध तथा जिम्मेवारी निर्धारण गर्न एवं लगानीकर्ताहरूको हित संरक्षण गर्ने बृहत्तर प्रयोजनको लागि संस्थागत सुशासन कायम हुन अति नै जरुरी हुन्छ ।
धितोपत्रको प्राथमिक बजारमार्फत पव्लिक कम्पनीहरूले सर्वसाधारणमा धितोपत्र निष्काशन गरेका हुन्छन् । त्यसैगरी, प्राथमिक बजारमा निष्काशन भएका धितोपत्रहरू धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री हुने गर्दछ । स्टक एक्सचेन्ज, केन्द्रीय निक्षेप कम्पनी, सामूहीक लगानी कोष, क्रेडिट रेटिङ्ग कम्पनी, मर्चेण्ट बैकर, योजना व्यवस्थापक तथा डिपोजिटरी, धितोपत्र दलाल व्यवसायी, निक्षेप सदस्य, सूचीकृत कम्पनी तथा आस्वा सदस्य बजार सहभागिको रूपमा रहेका हुन्छन् । धितोपत्र बजार सहभागीहरूको कामकारवाहीलाई नियमित तथा व्यवस्थित गरी धितोपत्र बजारमा संस्थागत सुशासन कायम गर्न नियामक निकायको समेत व्यवस्था गरिएको हुन्छ ।
संस्थागत सुशासनको लागि संस्थाभित्र आन्तरिक र वाहय अनुगमन एवं आन्तरिक नियन्त्रण प्रणालीको आवश्यकता पर्दछ । आन्तरिक नियन्त्रणको लागि सञ्चालक समितिको अनुगमन र आन्तरिक लेखा परीक्षण प्रणालीको व्यवस्था आदि हुनुपर्छ । वाह्य नियन्त्रण प्रणाली संस्थागत सुशासन सम्बन्धी सशक्त कानुनी व्यवस्था र यसको पालना भए नभएको अनुगमन, प्रभावकारी पुँजीबजार मार्फत नियन्त्रण हुनुपर्ने हुन्छ ।
संस्थागत सुशासन अभिवृद्धिमा बोर्डको भूमिका
अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको पुँजी बजारलाई स्वच्छ एवं पारदर्शी रूपमा सञ्चालन गरी संस्थागत सुशासन कायम गर्न नियामक निकायको महत्वपूर्ण भूमिका रहेको हुन्छ । धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण परिचालनकर्ता तथा लगानीकर्ताहरुका लागि पहुँचयोग्य र विश्वसनीय बनाउने, पुँजी बजारमा संलग्न संस्था तथा गर्ने, लगानीकर्ताको हित संरक्षण गर्ने, पुँजी बजारलाई स्वच्छ, पारदर्शी, प्रभावकारी एवं प्रतिस्पर्धी बनाई पुँजी निकायहरुको व्यावसायिकता तथा संस्थागत सुशासन अभिवृद्धि गर्ने र पुँजी बजारको प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले धितोपत्रसम्बन्धी ऐनअनुसार वि. सं २०५० जेठ २५ गते धितोपत्र बजारको नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्डको स्थापना भएको हो ।
धितोपत्र बजारमा संलग्न संस्था तथा निकायहरुको व्यावसायिकता तथा संस्थागत सुशासन अभिवृद्धि गर्न उद्देश्य समेत लिई स्थापना भएको नेपाल धितोपत्र बोर्डले ऐन, नियम तथा निर्देशिका बमोजिम धितोपत्र बजारमा संस्थागत सुशासन कायम गर्न नियमन र सुपरिवेक्षण गर्ने गरेको छ । धितोपत्र बजारमा बोर्डले प्रत्यक्ष तथा परोक्षरूपमा नियमन तथा सुपरिवेक्षण गर्ने संस्थाहरूको दायरा दिन प्रति दिन बढ्दै गइरहेको सन्दर्भमा बोर्डको नियमन तथा सुपरिवेक्षण क्षेत्राधिकार भित्र घितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी साख मूल्याङ्कन कम्पनी, सामूहिक लगानी कोष धितोपत्र व्यापारी, घितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैकर, निक्षेप सदस्य, आस्वा सदस्य, योग्य संस्थागत लगानीकर्ता र सूचीकृत संगठित संस्था गरी ७०० भन्दा बढी संस्था रहेका छन् ।
पछिल्लो समयमा धितोपत्र बजारको आकार तथा गहिराईमा वृद्धि हुँदै गएको सन्दर्भमा बोर्डले बजार सुपरिवेक्षण व्यवस्था थप प्रभाकारी रूपमा बढाउँदै लैजानुपर्ने देखिन्छ । धितोपत्र व्यवसायीहरूका लागि जोखिममा आधारित सुपरिवेक्षण मोडलको विकास गरी सोहीअनुसार सुपरिवेक्षण कार्य गर्नुपर्ने देखिएको छ भने नेप्से तथा सिडिएससीको प्रणाली संपरीक्षण गर्ने व्यवस्थालाई थपस्तरीय बनाउँदै सूचना प्रविधिको प्रयोग हुने अन्य सेवा प्रदायकको प्रणालीको समेत संपरीक्षण गराउने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
साथै धितोपत्र बजारमा कारोवार हुने सूचीकृत कम्पनी, कारोवार रकम, कारोवार हुने धितोपत्र सम्बन्धित व्यवसायी तथा भित्री कारोवार जस्ता धितोपत्रसम्बन्धी कसूर न्यूनीकरणका लागि अलर्ट जेनेरेटिङ रियल टाइम सर्भिलेन्स गर्न अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको अटोमेटेड मार्केट सर्भिलेन्स सिस्टमको विकास गरी कार्यान्वयनमा ल्याउनु जरूरी देखिएको छ। यसका साथै सूचीकृत कम्पनीहरू तथा धितोपत्र व्यवसायीहरूले बोर्डमा पेश गर्नुपर्ने विवरणहरूको ढाँचाको विकास गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ ।
धितोपत्र बजारमा संस्थागत सुशासन कायम गर्न धितोपत्र सम्बन्धी ऐन तथा सोअन्तर्गत जारी भएका नियमावली तथा निर्देशिकामा विभिन्न व्यवस्था गरिएका छन् । धितोपत्र बजारको नियमकारी निकाय नेपाल धितोपत्र बोर्डले घितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ र धितोपत्र व्यवसायी (मर्चेण्ट बैकर) नियमावली, २०६४ मा धितोपत्र व्यवसायीले व्यवसायीक मर्यादा तथा आचार संहितासम्बन्धी निर्देशिकाको पालना गर्नुपर्ने भनी उल्लेख गरको छ । त्यसैगरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ सूचीकृत संगठित संस्थाहरूले सूचना, जानकारी तथा विवरणको प्रकाशनसम्बन्धी व्यवस्था गरिएको छ । यसका साथै धितोपत्र बजारमा सूचीकृत संगठित संस्थाहरूको कामकारबाहीलाई नियमित तथा व्यवस्थित गरी सेयरधनीलगायत सरोकारवालाहरू प्रतिउत्तरदायी बनाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत समावेश गरी नेपाल धितोपत्र बोर्डले सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ लागू गरिको छ ।
सुशासनको पहिलो शर्त त्यसलाई लागू गर्ने निकाय र पदाधिकारी आफू नियममा बाधिनु पर्दछ । उच्च नैतिकता, इमान्दारी र सदाचारमा बस्नुपर्दछ भन्ने यर्थार्थलाई आत्मसाथ गरेर नेपाल धितोपत्र बोर्डले आफ्ना कर्मचारीहरू तथा बोर्ड सदस्यहरूका लागि समेत आचारसंहिता लागू गरिसकेको छ ।
बजारको नियमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाईएको छ । बोर्डले धितोपत्र सम्बन्धी ऐन बोर्डले लगानीकर्ताहरूको बजारप्रतिको बिश्वास अभिबृद्धि गर्न तथा बजारमा संस्थागत सुशासन कायम गर्न नियमको पालना सम्बन्धमा धितोपत्र बजार र धितोपत्र व्यवसायीहरूको काम कारवाही तथा गतिविधिहरूको स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आईरहेको छ । गैरस्थलगत सुपरिवेक्षण अर्न्तगत धितोपत्र व्यवसायी, नेपाल स्टक एक्सचेञ्ज तथा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरूले बोर्डसमक्ष पेस गर्नुपर्ने वार्षिक प्रतिवेदन/वित्तीय विवरण, त्रैमासिक वित्तीय विवरण, अर्धवार्षिक वित्तीय विवरणको प्रवाह नियममा तोकिएको समयभित्र गरेर नगरेको सम्बन्धमा निरन्तर अनुगमन गर्ने गरिएको छ । बोर्डको निरन्तर अनुगमनबाट विवरणहरू समयावधि भित्र पेश गर्ने सूचीकृत कम्पनीहरूको संख्यामा सुधार हुँदै गएको छ । धितोपत्रको सार्वजनिक निष्काशन गरेका संगठित संस्थाहरूले नियमावलीमा भएको व्यवस्थाअनुरूप धितोपत्रको निष्काशन, बाँडफाँट, फिर्ता भुक्तानी तथा सूचीकरण गरेरनगरेको अनुगमन गर्ने गरिएको छ । लगानीकर्ताहरूको हक हित संरक्षणका लागि धितोपत्र बजारमा स्वच्छता कायम राख्न बोर्डमा सर्वसाधारण लगानीकर्ताहरूका तर्फबाट प्राप्त हुने धितोपत्र कारोबारसम्बन्धी गुनासो तथा उजुरीहरूको आवश्यक्तानुसार छानविन तथा समाधान निरन्तर रूपमा गरिएको छ ।
संस्थागत सुशासनको आवश्यकता
संस्थागत सुशासन धितोपत्र बजारलाई पारदर्शी, जोखिमरहित एवम् प्रभावकारी तवरवाट सञ्चालन गर्ने संयन्त्र हो, जसबाट मुलुकको आर्थिक विकास तथा स्थायित्वमा महत्वपूर्ण योगदान पुग्दछ । धितोपत्र बजारमा संस्थागत सुशासन कायम भएमा सरोकारवालाहरूको हित संरक्षण हुने, बजार सहभागी संस्थाहरूको दिगोपना बढ्ने, बजारमा संस्थाको विश्वसनियता बढ्ने, संस्थाभित्र विसंगति र विकृतिहरू मौलाउन नपाई बजार दिगो रूपमा विकास हुन्छ । जब संस्थाको व्यवस्थापन र स्वामित्व फरक फरक व्यक्ति वा समूहको हातमा हुन्छ संस्थागत सुशासनको आवश्यकता हुन्छ । सर्वसाधारणमा धितोपत्र निष्काशन गरेका संस्थाहरूले प्राप्त वित्तीय साधनलाई जथाभावी प्रयोग गरेमा कुनै बेला पनि पनि लगानीकर्ताहरूको लगानी जोखिमम पर्न सक्दछ । त्यसकारण धितोपत्र सार्वजनिक निष्काशन गर्ने संस्थाका संचालकहरूमाथि लगानीकर्ताहरूको हित संरक्षण गर्ने विशेष जिम्मेवारी रहेको हुन्छ ।
पेशागत, स्वस्थ र पारदर्शी ढंगबाट संचालन हुने संस्थाबाट नै सरोकारवालाहरूको हितको संरक्षण संभव हुन्छ । लगानीकर्ताको लगानी सुरक्षित गर्दै संस्थालाई व्यवस्थित ढंगबाट संचालन गर्न संस्थागत सुशासनको आवश्यकता पर्दछ । धितोपत्र बजारमा संस्थागत सुशासनको आवश्यकता देहायका बुदाँहरूबाट थप स्पष्ट गर्न सकिन्छ ।
(क) लगानीकर्ताको हित संरक्षण गर्नः धितोपत्र बजार सूचनामा आधारित बजार हो । लगानीकर्ताहरूमा सूचनामा पहुँच सहज रूपमा भएमा तथा सूचनाको दुरूपयोग नभएमा बजारमा हुने छलकपट रोक्न सकिन्छ । सूचिकृत कम्पनीहरूबाट प्रवाह हुने आर्थिक विवरण, मूल्य संवेदनशील सूचना र अन्य महत्वपूर्ण सूचनामा सरल र सहज रूपमा लगानीकर्ता समक्ष पहुँच भएमा लगानीकर्ताहरूलाई लगानी सम्बन्धी निर्णय लिन सहयोग पुग्दछ । संस्थागत सुशासनले कम्पनीहरूले यस्ता सूचना तथा जानकारीहरू समयमै लगानीकर्ताहरू माझ पुर्याउने तथा धितोपत्र सम्बन्धी कसूर सम्बन्धमा हुने दण्ड सजाय सम्बन्धी व्यवस्थामा जोड दिई लगानीकर्ताको हित संरक्षण गर्न मद्दत पुर्याउछ ।
(ख) प्रणालीगत जोखिमको न्युनीकरण गर्नः धितोपत्र बजारमा संस्थागत सुशासन कायम भएमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीहरूको प्रणालीगत संप्ररिक्षण, धितोपत्र व्यवसायीहरूको लागि आचार सहिंता, धितोपत्र व्यसायीहरूको योग्यता, विवरण प्रवाह सम्बन्धी तथा क्रेडिट रेटिङ्गको जस्ता व्यवस्था गरिएको हुन्छ जसले धितोपत्रबजारमा प्रणालीगत जोखिमलाई न्युनीकरण गर्न सहयोग गर्दछ ।
(ग) स्व-नियमनका लागिः नियमनकारी निकायबाट निर्देशित नभएको अवस्थामा समेत प्रचलित कानुनी तथा नीतिगत व्यवस्थाहरूको पालना गरी कानुनी रूपमा संचालन हुनु नै स्वनियमन हो । सूचीकृत कम्पनीहरूलाई सक्षम, सुदृढ र वित्तीय अनुशासनमा राखी संचालक तथा उच्च व्यवस्थापन स्वनियमनका लागि संस्थागत सुशासनको आवश्यकता रहेको हुन्छ ।
(घ) पारदर्शीताका लागिः सूचीकृत संगठित संस्थाहरू सम्बन्धी प्रयाप्त जानकारी लगानीकर्ताहरूले समयमे प्राप्त भई कार्य गर्ने र जसले गर्दा समयमै वित्तीय विवरण प्रकाशित गर्ने, साधारण सभा सम्पन्न गर्ने, त्रैमासिक गरेको खण्डमा लगानीको निर्णय लिन सहयोग पुग्दछ । संस्थागत सुशासनले संगठित संस्थालाई पारदर्शी भई कार्य गर्ने र जसले गर्दा समयमै वित्तीय विवरण प्रकाशन गर्ने, साधारण सभा सम्पन्न गर्ने, त्रैमासिक तथा बार्षिक विवरणहरु अद्यावधिक रुपमा प्रकाशन गर्ने कार्यको विकास हुन्छ ।
(ङ) आन्तरिक नियन्त्रणका लागिः आन्तरिक नियन्त्रण सुशासनको एक महत्वपूर्ण पक्ष हो । सूचीकृत संस्थाहरूको आन्तरिक नियन्त्रण प्रभावकारी हुन जरूरी छ । नियमित आन्तरिक लेखापरिक्षण भई यसका सुझावहरू कार्यान्वयन भई आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन संस्थागत सुशासनको अति नै महत्व रहेको छ ।
(च) संचालक समिति र उच्च व्यवस्थापनबीच समन्वयका लागिः संचालक समिति र व्यवस्थापन विच सुमुधुर सम्बन्ध हुन सकेमा मात्र संगठित संस्था आफ्नो उद्देश्य अनुरूप संचालन भई लगानीकर्ताहरूलाई उच्च प्रतिफल दिन सक्षम हुन्छ । केहि सूचीकृत संस्थामा प्रमुख कार्यकारीलाई संपूर्ण अधिकार दिइएको र निजले संचालक समितिसँग उचित समन्वय विना आफ्नै ढंगले कार्य गरेको पाइन्छ भने कतिपय संगठित संस्थाहरूमा अध्यक्षने कार्यकारी प्रमुखको रहने व्यवस्था हुने गरेकोमा अन्य संचालकहरूसँग कुनै समन्वय नगरी एकतर्फी रूपमा संस्था संचालन गरेको पाइन्छ । यसरी व्यवस्थापन र संचालक समिति विच राम्रो समन्वय नगरी संस्था संचालन गर्दा संचालन जोखिम बढन गई संस्था धरासाई समेत हुन जाने हुनाले संस्थागत सुशासनले यस्ता कार्यहरूलाई रोकि संचालक समिति र उच्च व्यवस्थपन विच समन्वय गराउँदछ ।
सूचीकृत कम्पनीहरुको लागि संस्थागत सुशासनसम्बन्धी भएको व्यवस्था
प्रचलित कानुनबमोजिम स्थापना भै धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो ऐनअर्न्तगत बनेका नियमावलीबमोजिम धितोपत्रको सार्वजनिक निष्काशन गरी स्टक एक्सचेन्जसँग सम्झौता गरी धितोपत्र सूचिकरण गराएका संगठित संस्था नै सूचिकृत संगठित संस्था हुन् । हाल धितोपत्र बजारमा अधिंकास सूचीकृत कम्पनीहरू बैंक तथा वित्तीय संस्था र बीमा संस्थाहरू रहेका छन । बैंक तथा वित्तीय संस्थाहरू र बीमा कम्पनीहरूका प्रत्यक्ष नियमनकारी निकायहरू रहेका छन् र यी निकायहरूले आफूले नियमन गर्ने संस्थाहरूको लागि संस्थागत सुशासन सम्बन्धमा विभिन्न निर्देशन तथा निर्देशिका समेत जारी गरेका छन् ।
तर, धितोपत्र बजारमा सूचीकृत अन्य संस्थाहरूको प्रत्यक्ष नियमनकारी निकाय नभएको अवस्थामा यस्ता संस्थाहरूको लागि समेत संस्थागत सुशासन कायम गरी लगानीकर्ताको हक हित सरक्षण गर्न जरूरी देखिएको छ । यी संस्थाहरूमा भएका जोखिम न्यूनिकरण गरी स्वस्थ्य रूपमा संस्था संचालन गर्न संस्थागत सुशासनको गहन महत्व रहेको छ । संस्थामा संस्थागत सुशासन लागू गर्ने र पालना गर्ने प्रमुख जिम्मेवारी संचालक समिति र प्रमुख कार्यकारी अधिकृतको हो ।
नेपालमा संस्थागत सुशासनसम्बन्धी व्यवस्थाको लागि कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्थाहरूको लागि नेपाल राष्ट्र बैंक तथा बीमा कम्पनीहरूको लागि बीमा प्राधिकरणले संस्थागत सुशासनसम्बन्धी विभिन्न निर्देशनहरू जारी गरेका छन् । कम्पनीको संचालक समितिसम्बन्धी व्यवस्था, सञ्चालकको योग्यता, स्वतन्त्र सञ्चालकसम्बन्धी व्यवस्था, साधारणसभा सम्बन्धी व्यवस्था लगायतका कम्पनी सञ्चालनसम्बन्धी व्यवस्थाहरू उल्लेख गरी कम्पनी ऐनमा संस्थागत सुशासनसम्बन्धी विभिन्न व्यवस्थाहरू गरिएका छन् । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरूका लागि नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गरी सो निर्देशिकाको निर्देशन नं ६ ले प्रमुख रूपमा सञ्चालकले पालना गर्नु पर्ने आचरण सम्बन्धी व्यवस्था, सञ्चालकरसञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व, कार्यकारी प्रमुखको नियुक्तिसम्बन्धी व्यवस्था, कर्मचारीहरूले पालना गर्नु पर्ने आचरण सम्बन्धी व्यवस्थाहरू तोकेको छ भने बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासनको लागि बीमकका संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७३ जारी गरेको छ । यस निर्देशिकामा सञ्चालक समितिको गठन, काम र कर्तव्य, सञ्चालकको आचरण, बीमकको आन्तरिक नियन्त्रण कार्यकारी प्रमुख तथा विभागीय प्रमुखको नियुक्ती तथा जवाफदेहीता, लेखापरिक्षण आदि सम्बन्धी व्यवस्थाहरू उल्लेख गरिएको छ ।
सूचीकृत संगठित संस्थाहरूको कामकारबाहीलाई नियमित तथा व्यवस्थित गरी सेयरधनी लगायत सरोकारवालाहरू प्रवर्द्धन गर्नका लागि धितोपत्र बजारको नियमकारी निकाय नेपाल धितोपत्र बोर्डले संस्थागत सुशासन सम्बन्धमा आर्थिक प्रति उत्तरदायी बनाउनका साथै धितोपत्र बजारलाई व्यवस्थित, पारदर्शी तथा जवाफदेही बनाई संस्थागत सुशासन सहयोग तथा विकास संगठनले संस्थागत सुशासनसँग सम्बन्धित कानुनी, नियमन तथा संस्थागत ढाँचाको मूल्यांकन तथा सुधारका सम्बन्धमा मुख्य ६ सिद्धान्तहरू सेयरधनी प्रतिको दायित्व, सेयरधनी बीच समान व्यवहार, जवाफदेहिता, पारदर्शीता र सूचना प्रवाह, सञ्चालक समितिको उत्तरदायित्व र सरोकारवालाहरु प्रतिको दायित्वलाई समेत मध्यनजर पारी सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बनाई लागू गरेको छ ।
यस निर्देशिकामा सूचना तथा जानकारी प्रवाह, सञ्चालक समिति, संचालकको आचरण, संस्थाको हितविपरीत कार्य गर्न नहुने, पदको दुरूपयोग गर्न नहुने, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली, संगठन संरचना र कर्मचारीसम्बन्धी व्यवस्था, संस्थाको लेखा तथा लेखापरीक्षण, सूचीकृत संस्थाले गर्न नहुने कार्य सहित संस्था सञ्चालनसम्बन्धी व्यवस्थाहरू समावेश गरिएका छन् । यस निर्देशिकामा भएका प्रमुख व्यवस्थाहरू देहाय बमोजिम रहेका छन्ः
सूचना तथा जानकारी प्रवाह सम्बन्धमाः संस्थाले सूचना तथा जानकारी प्रवाह गर्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ढाँचाको अनुसरण गर्न प्रोत्साहित गर्दै संस्थाको पुँजी तथा सेयरको संरचना, वित्तीय अवस्था तथा प्रचलित कानुन बमोजिम सार्वजनिक गर्नुपर्ने सूचना, विवरण इत्यादि नियमित रूपमा सार्वजनिक गर्नु पर्ने । सञ्चालक समिति सम्बन्धमाः सञ्चालकहरुको नियुक्ति वा मनोनयन कम्पनीसम्बन्धी प्रचलित कानुनको अधीनमा रही संस्थाको साधारण सभाले गर्ने र सञ्चालकको कार्यकाल बढीमा चार वर्षको हुने, सञ्चालक समितिमा साधारण सभाबाट संस्थाको व्यवसायसँग सम्बन्धित विषयमा ज्ञान तथा अनुभव हासिल गरेको व्यक्तिलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने र सञ्चालक समितिमा एकाघर परिवारबाट एकभन्दा बढी सञ्चालक नियुक्त भएमा बार्षिक प्रतिवेदनमा उल्लेख गर्नुपर्ने ।
सञ्चालकको अयोग्यता सम्बन्धमाः धितोपत्र व्यवसायी संस्थामा स्वामित्व वा कुनै लाभको पदमा रहेको, कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले दश वर्षको अवधि पूरा नभएको, धितोपत्रको सार्वजनिक निष्काशन गरी ऐनबमोजिम पेस गर्नुपर्ने विवरण वा जानकारी पेश नगरी सञ्चालनको अवस्था अज्ञात रहेको संस्थाको पदाधिकारी रहेको संचालकको लागि अयोग्य हुने ।
सञ्चालक समितिको काम, कर्तव्य र अधिकार सम्बन्धमाः संस्थाको समग्र जोखिम व्यवस्थापन गरी आफ्नो व्यवसाय संचालन गर्ने, संस्थागत सुशासन कायम गर्ने । साथै साना लगानीकर्ताको हित संरक्षण गर्न गराउन विशेष जोड दिइएको छ र असल संस्थागत सुशासन र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई सञ्चालक समितिले अध्यक्षको रूपमा नियुक्त गर्नुपर्ने ।
संचालकको आचरण सम्बन्धमाः प्रत्येक सञ्चालक नियुक्त भएको पन्ध्र दिनभित्र संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको वा गर्न लागेको भए सो को विवरण, निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको सेयर वा डिबेन्चरको विवरण, र अन्य कुनै सङ्गठित संस्थाको आधारभूत सेयरधनी वा सञ्चालक रहेको भए त्यसको विवरणको लिखित जानकारी संस्थालाई गराउनु पर्ने ।
संस्थाको हितविपरीत कार्य गर्न नहुने सम्बन्धमाः सञ्चालक आफूसँग वित्तीय स्वार्थ रहेको कुनै पनि कारोबारमा संलग्न नहुने, सञ्चालकले कुनै पनि प्रयोजनको लागि संस्थाको वित्तीय स्वार्थ रहेका सेयरधनी वा निजको एकाघर परिवारको स्वामित्वमा रहेको वा निजहरुको फर्म तथा कम्पनीसँग घर भाडामा लिई कारोबार गर्न नपाउने र कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल अन्य कुनै संस्थाको लेखा परीक्षक, सल्लाहकार, कार्यकारी प्रमुख, कर्मचारी, बीमा सर्भेयर, बीमा दलाल, बीमा अभिकर्ता वा तेस्रो पक्ष सहजकर्ता भई कार्य गर्न नपाउने व्यवस्था गरिएको छ ।
व्यवस्थापन समिति गठन गर्नुपर्ने र सो समितिमा संस्थाको जोखिम व्यवस्थापनको ढाँचा तथा नीतिहरुको जोखिम व्यवस्थापन सम्बन्धमाः सम्भावित सङ्गठनात्मक तथा आर्थिक जोखिमलाई न्यूनीकरण गर्न जोखिम पुनरावलोकन गर्ने काममा स्वतन्त्र सञ्चालकलाई समेत सहभागी गराउनुपर्ने ।
आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धमाः प्रत्येक संस्थाले कम्पनीको पुँजीको सञ्चालन तथा व्यवस्थापनका विषयमा, कम्पनीका सञ्चालक, अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतको निजी स्वार्थ वा सरोकार बाझिने गरी काम कारवाही गर्न नहुने सम्बन्धमा, भ्रष्ट्राचार तथा आर्थिक अनियमिता नियन्त्रणको सम्बन्धमा आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नुपर्ने ।
परिपालन (कम्प्लाइन्स) अधिकृत सम्बन्धमाः संस्थाले व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि प्राप्त गरी कम्तीमा तीन वर्षको कार्यानुभव भएका अधिकृत कर्मचारीलाई परिपालन अधिकृत तोक्नुपर्ने र सो अधिकृतले ऐन, नियम तथा नियमनबाट जारी भएको निर्देशनहरू संस्थाबाट अद्यावधिक रूपमा पालना भएको सुनिश्चित गर्नुपर्ने र पालना भएको वा नभएको बारे वार्षिक प्रतिवेदनमा उल्लेख गरी लेखा परीक्षकबाट प्रमाणित गराउनुपर्ने ।
लेखापरीक्षण सम्बन्धमाः संस्थाले सम्पूर्ण आय व्ययको लेखा, लेखाका मान्य सिद्धान्त बमोजिम दुरुस्त व्यमा लेखा राख्नु पर्ने तथा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक र स्वतन्त्र सञ्चालक सहित तीन जना सदस्य रहेको एक स्वतन्त्र लेखापरीक्षण समितिको गठन गर्नुपर्ने । सूचीकृत सङ्गठित संस्थाले गर्न नहुने कार्य सम्बन्धमाः सूचीकृत सङ्गठित संस्थाले सञ्चालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैंक तथा बित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रूपमा रकम लिन वा दिन नहुने, वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्था वा आफ्नो कर्मचारी, सल्लाहकार, परामर्शदातासँग साझेदारीमा कुनै सम्पत्ति जोड्न नहुने तथा सम्पत्तिको अनधिकृत रूपमा भोगचलन गर्न नपाउने जस्ता व्यवस्थाहरू गरिएको छ ।
अन्य व्यवस्थाहरु:
अध्यक्ष र कार्यकारी प्रमुख अलग अलग व्यक्ति हुनु पर्ने, बैठक भत्ता तथा अन्य सुविधा संस्थाको साधारण सभाले निर्धारण गरे बमोजिम हुने, तलब, भत्ता इत्यादि सम्बन्धमा संस्थाले सम्बन्धित कर्मचारीलाई पूर्व जानकारी गराउनु पर्ने, खरिद प्रकृयालाई व्यवस्थित र पारदर्शी बनाउन प्रत्येक संस्थाले खरिद कार्यवधि बनाई लागू गर्नु पर्ने प्रत्येक संस्थाले संस्था सम्बन्धी कानुन र त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासका विषयमा आफ्ना सञ्चालकहरूलाई जानकारी दिन वार्षिक रूपमा सिकाई तथा पुर्नताजगी कार्यक्रम सञ्चालन गर्नु पर्ने र सञ्चालक समितिले सञ्चालक तथा संस्थामा कार्यरत कर्मचारीको सम्बन्धमा आचरण सम्बन्धी संहिता बनाई लागू गर्नु पर्ने जस्ता व्यवस्था समेत रहेका छन् ।
५ संस्थागत सुशासनको चुनौती
संस्थागत सुशासनले कुनै पनि संस्थाको प्रतिस्पर्धी क्षमतामा अभिबृद्धि ल्याउँछ । नेपालको धितोपत्र बजारमा सहभागी कतिपय संस्थाहरूमा संस्थागत सुशासनको अवस्था प्रभावकारी रहेको भएता पनि धेरै जसो संस्थाहरूमा यसको कमी रहेको पाइन्छ । उपयुक्त शैक्षिक योग्यता र अनुभव नभएका व्यक्तिहरू संचालक जस्तो पदमा निर्वाचित हुने गरेका पाइन्छ । संचालक समिति र व्यवस्थापनबीच कतिपय विषयमा मतभेद हुने गरेको जसले गर्दा संस्था स्वच्छ रूपमा संचालन हुन नसकेको अवस्था समेत रहेको छ । कम्पनीका वित्तीय विवरणहरू सही नहुने, कृत्रिमरूपमा बढी नाफा देखाउने प्रवृति समेत पाइन्छ । संचालक तथा उच्च व्यवस्थापकहरूले संस्थाले धान्न नसक्ने गरी आर्थिक एवम् गैर आर्थिक सुविधाहरू लिने, उच्च जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने, जोखिम विश्लेषण प्रभावकारी ढंगबाट नगर्ने आदि संस्थागत सुशासनलाई कमजोर बनाउने गतिविधिहरू केही संस्थाहरूबाट भइरहेका छन् । संस्थागत सुशासनको कमीका कारणले कतिपय सूचीकृत कम्पनीहरूको सेयर मूल्य अंकित मूल्य भन्दा पनि कम भएका छन् भने केही संस्थाहरू
धराशयी समेत संस्थागत सुशासन धराशयी समेत हुन पुगेका केही ज्वलन्त उदाहरणहरू हाम्रोसामु प्रष्ट छन् । नेपालको धितोपत्र बजारमा देखिएका संस्थागत सुशासन सम्बन्धी चुनौतीहरूलाई देहाय बमोजिम उल्लेख गरिएको छ ।
(क) कमजोर सूचना तथा जानकारी प्रवाह सूचीकृत कम्पनी लगायत धितोपत्र बजार सहभागी संस्थाहरूले वित्तीय विवरण लगायत संस्थासँग सम्बन्धित विभिन्न सूचनाहरू प्रवाह गर्नुपर्ने कानुनी तथा नीतिगत व्यवस्था भए तापनि कतिपय संस्थाहरूले संस्थाको पुँजी तथा सेयरको संरचना, वित्तीय अवस्था, प्रचलित कानुन बमोजिम सार्वजनिक गर्नुपर्ने सूचना, संस्थाको धितोपत्रको मूल्यमा असर पर्न सक्ने संवेदनशील निर्णय तथा जानकारी नियमित रूपमा समयमै सार्वजनिक गर्ने गरेका छैनन् । धितोपत्र बजार सूचनासँग संवेदनशील बजार भएको सन्दर्भमा सूचीकृत कम्पनीहरूबाट बजारमा हुने सूचना प्रवाहलाई थप पारदर्शी र व्यवस्थित बनाउनुका साथै ती कम्पनीहरूको संस्थागत सुशासनमा अभिवृद्धि गर्दै धितोपत्र कारोबारमा कसुरको रूपमा रहेको भित्री कारोबारलाई थप एवं स्पष्ट कानुनी व्यवस्था मार्फत् न्यूनीकरण गरी स्वच्छ, स्वस्थ र विश्वासिलो धितोपत्र बजार विकास गर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।
(ख) अयोग्य तथा अनुभवहिन व्यक्तीको संचालक समितिमा प्रतिनिधित्व स् कुनै पनि संस्थालाई प्रभावकारी रूपमा संचालन गर्न संचालक समितिको महत्वपूर्ण योगदान हुने गर्दछ । संस्थाको समग्र जोखिम व्यवस्थापन गरी आफ्नो व्यवसाय संचालन गर्ने, संस्थागत सुशासन कायम गर्ने, साना लगानीकर्ताको हित संरक्षण गर्ने, संस्थागत व्यवस्थापनको काम कारबाहीको नियमित रूपमा अनुगमन तथा विश्लेषण गरी आवश्यक निर्देशन दिने र संस्थाका उद्देश्य तथा लक्ष्यहरु प्राप्त गर्न समूहगत प्रयास गर्ने जस्ता कार्यहरू संचालक समितिले गर्नुपर्ने हुन्छ । संचालक समितिमा योग्य तथा अनुभव भएका व्यक्तीबाट संचालित संस्थाले संस्थागत सुशासन कायम गरी बजारमा आफ्नो अस्थित्व कायम राख्दै लगानीकर्ताहरूलाई प्रत्येक बर्ष उचित प्रतिफल दिने गरेका छन् । साथै यस्ता संस्थाहरूको सेयरको बजार मूल्य समेत वढेको देखिन्छ । तर कतिपय संस्थाहरूमा संस्था संचालन गर्न आवश्यक ज्ञानको कमि हुने तथा अनुभवविहिन व्यक्तीहरूको संचालक समितिमा प्रतिनिधित्व हुने गरेकोले यस्ता संस्थाहरूमा संचालक संचालक विच विवाद हुने, सर्वसाधारणको लगानीमा हिनामिना गर्ने जस्ता कार्य गरी संस्थानै धरायसी हुने गरेका छन् । उचित तथा योग्य व्यक्ती संचालक समितिमा प्रतिनिधित्व नहुनु पनि धितोपत्र बजारमा संस्थागत सुशासनको चुनौती रहेको छ ।
९ग० सेयरधनी प्रतिको दायित्व तथा जवाफदेहिता कमिः कुनै पनि संस्था आफ्ना सेयरधनी प्रति जवादेही हुनुपर्दछ । सेयरधनीहरूले कम्पनीमा गरेको लगानीको उचित प्रतिफल दिने दायित्व समेत रहेको हुन्छ । तर पछिल्लो समयमा सूचीकृत कम्पनीहरू सेयरधनीहरूको लगानीलाई जथाभावी प्रयोग गरी उनीहरूको लगानीलाई जोखिममा पारेका उदाहरण समेत देख्न सकिन्छ जुन पुँजी बजारमा संस्थागत सुशासन कायम गराउने चुनौतीको रूपमा रहेको छ ।
९घ० जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था नहुनु कुनै कारणबाट आउन सक्ने सम्भावित सङ्गठनात्मक तथा आर्थिक जोखिमलाई न्यूनीकरण तथा व्यवस्थापन गर्ने प्रयोजनको लागि संस्थाले जोखिम व्यवस्थापन, सम्बन्धी व्यवस्था गरिएको हुन्छ । नेपालको धितोपत्र बजारमा सहभागि कतिपय संस्थाहरूले जोखिम ब्यवस्थापन सम्बन्धी कुनै पनि व्यवस्था गरिएको हुदैन जसले गर्दा भविष्यमा आईपर्ने चुनौतीहरूलाई सामना गर्न संस्था सक्षम हुदैन र संस्थाको अस्थित्व नै संकटमा पर्न जान्छ ।
९ङ० कमजोर आन्तरिक नियन्त्रण प्रणालीः आन्तरिक नियन्त्रण संस्थागत सुशासनको एक महत्वपूर्ण अंग हो । तर कतिपय संस्थाहरूको आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी हुनसकेको छैन । कतिपय कम्पनीहरूमा पुँजीको सञ्चालन तथा व्यवस्थापनका विषयमा, कम्पनीका सञ्चालक, अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतको निजी स्वार्थ वा सरोकार बाझिने गरी काम कारबाही गर्न नहुने सम्बन्धमा, भ्रष्ट्राचार तथा आर्थिक अनियमिता नियन्त्रणको सम्बन्धमा आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नुपर्नेमा सो नगरेको अवस्था छ । त्यसै गरी संस्थाको वित्तीय र कारोवार स्थितिसँग तालमेल नमिल्ने गरी संचालक समितिको भत्ता तथा सुविधा, कार्यकारी प्रमुखको पारिश्रमिक तथा सुविधा निर्धारण गर्ने गरेका छन् । यसबाट संस्थाको मुनाफामा समेत प्रतिकूल असर पर्ने हुन्छ । अतः कमजोर आन्तरिक नियन्त्रण प्रणाली धितोपत्र बजारमा संस्थागत सुशासनको
(च) ऐन, नियम पालनामा कमजोरीः धितोपत्र बजारमा सहभागिहरूको काम कारवाहीलाई नियमित तथा व्यवस्थित गरी संस्थागत सुशासन प्रवर्द्धन गर्न ऐन, नियम तथा निर्देशिकाहरूमा विभिन्न व्यवस्थाहरू गरिएको भएता पनि नगर्ने संस्थाहरूलाई नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डबाट विभिन्न कारवाहीहरूले समेत धितोपत्र कतिपय संस्थाहरूबाट यी ऐन तथा नियमहरूको पालना गरेको देखिदैन् । पछिल्लो समयमा ऐन नियम पालना बजार सहभागिहरूको ऐन, नियम पालनामा कमजोर रहेको तथ्यलाई प्रष्ट गर्दछ । यसरी विद्यमान कानुनको पालनामा कमजोरी धितोपत्र बजारमा संस्थागत सुशासन कायम गराउने चुनौती रहेको छ ।
(छ) उपयुक्त संगठन संरचना तथा योग्य कर्मचारीहरुको अभावः सुशासनको अवस्थाले संस्थाभित्र रहेका मानव संशाधन र यसको व्यवस्थापनलाई पनि उतिकै प्रभाव पार्दछ । प्रतिस्पर्धी र क्षमतायुक्त मानव संशाधन रहेको संस्थामा सुशासनमा ग्यारेन्टी भएमा त्यस्ता संस्थाहरूको प्रतिस्पर्धी क्षमतामा समेत तीव्र वृद्धि हुन्छ । मानव संशासनका कारण नै अनुसन्धान, विकास र नवीन खोज सम्भव हुन्छ । त्यसै गरी योग्य कर्मचारीहरू व्यवस्थापनको लागि उपयुक्त संगठनात्मक ढाँचाको पनि महत्वपूर्ण भूमीका रहेको हुन्छ । नेपालको धितोपत्र बजारमा सहभागि संस्थाहरू मध्ये केही संस्थाहरूमा उपयुक्त संगठनात्म संरचना र सोही अनुरूपका योग्य कर्मचारीहरू भएता पनि अधिकांस संस्थाहरूमा संगठन ढाँचा नै नहुनुका साथै योग्य र अनुभव कर्मचारीहरूको अभाव समेत देखिएको छ जुन संस्थागत सुशासनमा चुनौतीको रूपमा रहेको छ ।
(ज) समयमै वार्षिक साधारणसभा तथा लेखापरीक्षण नहुनुः संस्थागत सुशासन राम्रा भएका संस्थाहरूले समयमै लेखापरीक्षण सम्पन्न गर्ने तथा प्रत्येक बर्षको वार्षिक साधारण सभा समेत समयमै गर्ने गरेका छन् । तर कतिपय संस्थाहरूले दशौं वर्षको लेखापरीक्षण र बार्षिक साधारण सभासमेत नगरेको देखिएको छ भने कतिपय संस्थाहरूले समयमै साधारणसभा तथा लेखापरीक्षण गर्ने गरेका छैनन् जुन संस्थागत सुशासनको अर्को चुनौतीको रूपमा रहेको छ ।
६. उपसंहार
कुनै पनि मुलुकको विकास आफ्नो आन्तरिक स्रोत, साधन, पूँजी र जनशक्ति परिचालन गरेर मात्र संभव हुन्छ भन्ने तथ्यलाई मनन गरी पछिल्लो समय नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार विकास तथा विस्तार र बजारमा संस्थागत सुशासन कायम गर्न विभिन्न कार्यहरू अगाडि बढाइरहेको छ । धितोपत्र बजारलाई थप व्यवस्थित, पारदशी र जवाफदेही बनाई यस बजारमा संस्थागत सुशासन कायम गर्न सकेमा मात्र बजार प्रति लगानीकर्ताहरू आकर्षित हुन्छन् । पछिल्लो समय नेपालको धितोपत्र बजारमा गैर आवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरूलाई प्रवेश गराउन तथा धितोपत्र बजारलाई क्रसबोर्डर लिष्टिङ्ग र ट्रेडिङमा सहभागी गराउन विभिन्न पहलहरू भैरहेको सन्दर्भमा बजारमा संस्थागत सुशासन कायम हुनु अतिने आवश्यक रहेको छ । बोर्डबाट धितोपत्र बजारमा संस्थागत सुशासन कायम गर्न ऐन नियम तथा निर्देशिकामा भएका व्यवस्थाहरूलाई कडाईका साथ कार्यान्वयन गर्दै जानुपर्दछ ।
हाल सूचीकृत संस्थाहरूको हकमा संस्थागत सुशासन निर्देशिका लागू भएता पनि अन्य बजार सहभागीहरूको लागि यस सम्बन्धी व्यवस्था नभएकोमा अन्य बजार सहभागिहरूको लागि समेत संस्थागत सुशासन निर्देशिकाको आवश्यक व्यवस्था संस्थागत सुशासनको अवस्थामा सुधार गर्नुपर्ने देखिन्छ । धितोपत्र बजारमा संस्थागत सुशासन महत्वपूर्ण चुनौतीको गर्नुपर्ने तथा सूचीकृत संगठित संस्थाहरूको लागि जारी गरिएको विद्यमान निर्देशिकालाई समेत परिमार्जन गरी बजारमा रूपमा रहेको छ ।
कतिपय संस्थाहरूले यसलाई प्रभावकारी तवरबाट कायम गरेता पनि अधिकांश संस्थाहरूले यसको मर्मलाई आत्मसात् गर्न सकेका छैनन् । संस्थागत सुशासन लगायतका नियमहरूलाई प्रभावकारी किसिमबाट पालना धरापमा पर्ने कुरा निर्विवाद छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा संस्थागत सुशासन कायम गर्न ऐन, नियम तथा नहुने हो भने वित्तीय अराजकता र प्रणालीगत जोखिम बढ्न गई देशको धितोपत्र बजारमात्र नभई समग्र अर्थतन्त्र नै निर्देशिकामा भएका व्यवस्थाहरूको कडाईका साथ कार्यान्वय गर्दै गइरहेको छ भने कतिपय नियम तथा निर्देशिकाहरूमा समसामयिक सुधार गरिएका छन् ।
यसरी बजार सहभागिहरूका काम कारवाहीलाई नियमित तथा व्यवस्थीत गरी बजारमा संस्थागत सुशासन कायम गर्न विविध प्रयासका बाबजुद बजारलाई अझ स्वस्थ, पारदर्शी, भरपर्दो प्रतिस्पर्धी एवं लगानीकर्ता मैत्री बनाई स्तरोन्नति गर्दै लैजाने चुनौती भने कायमै रहेको छ ।
(लेखक अम्बिकाप्रसाद गिरी धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक हुन् । यो लेख धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव लेख विशेषांकबाट लिइएको हो )
प्रतिक्रिया दिनुहोस्