काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनासम्ममा देशको शोधनान्तर र चालु खाता स्थिति बचतमा रहेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा चालु खाता २ अर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्