Skip to content
Prabhu

गत वर्षभन्दा बढ्यो कर्जा लगानी, दुई महिनामा लक्ष्य भेट्ला ?

nabil

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना (वैशाख) मसान्तसम्म आउँदा निजी क्षेत्रतर्फ जाने कर्जा लगानी गत वर्षको यसैअवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको १० महिना वैशाख मासान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक रहेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको १० महिनामा ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राखेको लक्ष्य भेट्न राष्ट्र बैंकले अझै ५ प्रतिशतको हाराहारीमा कर्जा लगानी गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२.५ प्रतिशत कर्जा लगानी गर्ने लक्ष्य राखेको थियो ।

गत आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जा राष्ट्र बैंकले मौद्रिक नीतिमा राखेको लक्ष्यको ४।७ प्रतिशतमात्र बढेको थियो । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म २ खर्ब २४ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी भएको थियो । गत आर्थिक वर्षमा राष्ट्र बैंकले ११.५ प्रतिशत कर्जा लगानी गर्ने लक्ष्य राखेको थियो ।

२०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत रहेछ । यसैगरी, व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले, विकास बैंकहरुको ४.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.५ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा १.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal