काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा विदेश पढ्न गएका नेपाली विद्यार्थीसँगै मुलुकबाट १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको विवरणमा सार्वजनिक गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा अध्ययन गर्न विदेश गएका नेपाली विद्यार्थीसँगै देशबाट १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपालि विदेश गएका विद्यार्थीसँगै आठ अर्ब १० करोड रुपैयाँ बढी बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।
चालु आर्थिक वर्षको ०८१ साउन १ देखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा विदेश गएका नेपालीसँगै १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ बाहिरिएको छ । उक्त रकममध्ये १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्षका अघिल्लो १० महिनाको तुलनामा यसपालि भ्रमण व्यय १७।९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षका १० महिनामा विदेश गएका नेपालीसँगै एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्