Skip to content
Prabhu

रातो बंगला स्कुलको आम्दानी ६७ करोड ८० लाख, व्यवसाय बढ्दा ओबिट्टा घट्दै

nabil

काठमाडौं । रातो बंगला स्कुलको आम्दानी बढेको छ । रातो बंगला स्कुलले सन् २०२४ को अन्यसम्ममा ६७ करोड ८० लाख रुपैयाँको आम्दानी गरेको छ ।

स्कुलले आम्दानी सन् २०२३ कोभन्दा ११ करोड रुपैयाँले धेरै हो । सन् २०२३ को अन्त्यसम्म स्कुलले ५५ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ४१ करोड ३० लाख, सन् २०२१ मा २८ करोड ४० लाख र सन् २०२० मा ३६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यो आम्दानी (भुक्तानी गर्नुपर्ने व्याज र करसहित) को हो । भुक्तानी गर्नुपर्ने व्याज र कर बाहेकको आम्दानीलाई ओबिट्टा भनिन्छ । स्कुलको ओबिट्टा सन् २०२३ मा ३२ प्रतिशत र सन् २८ प्रतिशत रहेको छ ।

स्कुलको आम्दानी बढेको भए पनि ओबिट्टा भने घटिरहेको छ । सन् २०२० मा ३४ प्रतिशत,  २०२१  मा प्रतिशत, रहेको थियो । यता सन् २०२२ मा भने बढेर ३४ प्रतिशत पुगेको थियो । स्कुलले आम्दानी बढाएको भए पनि मार्जिन थोरै राखेको छ। थोरै मार्जिनमा स्कुल सन्चालन गरिरहेको छ ।

रातो बंगला स्कुल दरबार टोल पाटन ढोकामा रहेको छ । यस स्कुलले इक्रा नेपालमा ८० करोड रुपैयाँ कर्जा रेटिङ गराएको छ । यसले ‘इक्राएनपी एलबीबीबी’ रेटिङ प्राप्त गरेको छ । यसले मध्यम क्रेडिट जोखिमको संकेत गर्छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal