काठमाडौं । सीजी हिरो मोटोकर्पले पहिलो संस्करणको रूपमा धुलिखेलमा अवस्थित ‘डर्ट टेम्पल’ मा ३ सयभन्दा बढी राइडरहरूको सहभागितामा साथ भव्य रूपमा ‘एक्सट्रयाक’ इभेन्ट सम्पन्न गरेपश्चात दोस्रो संस्करण पर्यटनको मुटु पोखरामा जेठ ३१ गते शनिबारको दिन आयोजना गर्ने भएको छ ।
उक्त इभेन्टमा मोटरसाइकल प्रेमी राइडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राइडिङ्गको अविष्मरणीय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ । इभेन्टमा सहभागीहरुले हिरोको एडभेन्चर श्रेणीका मोटरसाइकल विशेषतः हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रूपमा डिजाईन गरि तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राइडको स्किलको समेत परीक्षण गर्ने अवसर प्राप्त गर्नेछन् ।
कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चिकताका साथै व्यावसायिक मार्सलहरुको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागिहरुले आफ्ना अफरोड राइडिङ्ग कलाको टेस्ट गर्नुका साथै थप राइडिङ्ग टिस्प पनि प्राप्त गर्ने अवसर प्राप्त गर्ने छन् ।
पोखराको महेन्द्र गुफानजिक आयोजना हुने बहुप्रतिक्षित ‘एक्सट्रयाक इभेन्ट’ बिहान १० बजेबाट सुुरु हुनेछ । यस इभेन्टमा सहभागिता जनाउन चहानु हुने इच्छुकहरुले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्क रूपमा रजिष्ट्रेसन गरी आफ्नो सिट सुरक्षित गर्न सक्ने छन् । सहभागिताका लागि इच्छुक राइडरहरुले चालक अनुमतिपत्रका साथ सेफ्टी गियरहरु आफ्नो साथमामा लिएर आउनुपर्ने छ ।
इभेन्टमा सहभागी तथा अनुभवी राइडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फवाट मोटरसाइकल उपलब्ध गराइनेछ । साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्रान्डेड जर्सी लिमिटेड एडिसनको व्यवस्था गरिएको कम्पनीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्