काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि भन्दै सुधार सुझाव उपसमिति गठन गरेको छ ।
गत साता बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति गठन गरेको हो ।
धितोपत्र बोर्डका पूर्व अध्यक्ष रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित उपसमितिमा बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दहाल र राष्ट्र बैंक नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेल सदस्य रहने गरी उपसमिति गठन गरेको हो ।
उप समितिलाई अध्ययन पेश गर्नका लागि एक महिनाकोे समय दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्