Skip to content
Prabhu

बैंकिङ क्षेत्र सुधार कार्यदलले ६ विषयमा केन्द्रित रहेर सुझाव दिने, मर्जर पछिका समस्यादेखि पुँजीबजार विकाससम्म

काठमाडौं । राष्ट्र बैंकले बनाएको बैंकिङ क्षेत्र सुधार कार्यदल उपसमितिले ६ बिषयमा केन्द्रित रहेर सुझाव दिने भएको छ । राष्ट्र बैंकले बैंक बिहीबार ‘बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति’ नाम दिएर कार्यदल गठन गरेको थियो ।

उक्त उपसमितिले मर्जर पछिका समस्यादेखि पुँजीबजार विकाससम्म विषयलाई समेटेर सुझाब दिनेछ । अहिले ब्याजदर निकै तल झरे पनि कर्जा विस्तार हुन नसकेको, खराब कर्जा बढ्दै गएको, कर्जा असुलीमा समस्या रहेको लगायत समग्र बैंकिङ क्षेत्रको समस्या समाधानका लागि सुझाव दिनेछ ।

रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित उपसमितिमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र राष्ट्र बैंक नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेल
सदस्य  छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्