Skip to content
Prabhu

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ का लागि आवेदन आह्वान

काठमाडौ‌ । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११औं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ ।
कार्यक्रमले नेपालका किशोर किशोरीहरूलाई उनीहरूको योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको छ । यो कार्यक्रमले परिवर्तनकारी भावना भएका युवा–किशोर किशोरीहरूलाई उचित मूल्यांकन गर्दै नयाँ पुस्ता माझ पहिचान दिलाउँने जनाइएको छ ।
ग्लोकल प्रालिले प्रशिक्षण, शिक्षा, र सीप विकासका क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रमले किशोर किशोरीहरूलाई उनीहरूको प्रतिभा, सिर्जनशीलता र सामाजिक कार्यहरू प्रस्तुत गर्ने अवसर प्रदान गर्ने गर्दछ ।
यसले शैक्षिक गतिविधि र व्यक्तिगत सिमा रेखाभन्दा बाहिर रहेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने सक्रिय युवाहरूलाई विशेष रूपमा चिनाउने जनाइएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्