Skip to content
Prabhu

प्रकाशित समाचार हटाउन नपर्ने पक्षमा काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सञ्चार माध्यममा प्रकाशित समाचार हटाउन नपर्ने आदेश दिएको छ ।

आज अदालतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठका विषयमा बिजमाण्डू र नेपाल खबर अनलाइनले प्रकाशित गरेको समाचार हटाउन नपर्ने भन्दै अल्पकालीन अन्तरिम आदेश जिल्ला खारेज गरेको छ ।

बोर्ड अध्यक्ष श्रेष्ठले दुवै अनलाइनले आफ्नो प्रतिष्ठामा आँच पुर्याएको भन्दै मुद्दामा दायर गरेका थिए ।

आज न्यायाधीश श्यामबिहारी मौर्यको एकल इजलासले श्रेष्ठको रिट खारेज गरिदिएको हो । यो सँगै समाचार माध्यमले समाचार हटाउन नपर्ने भएको छ ।

निषेधाज्ञाको निवेदनमा अदालतले जेठ २७ गते अल्पकालीन अन्तरिम आदेश दिएर समाचार हटाउन र थप नलेख्न निषेधाज्ञा जारी गरेको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्