काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको छैटौं तथा अन्तिम किस्ता उपलब्धगराउने भएको छ। तीन महिनासम्मको समीक्षा प्रक्रिया सम्पन्न गरेपछि आइएमएफको कार्यकारी बोर्डले करिब साढे ४ करोड अमेरिकी डलर (४०मिलियन डलर) उपलब्ध गराउने निर्णय गरेको हो।
अर्थमन्त्री रामेश्वर खनालले बोर्डको निर्णयबारे जानकारी दिँदै भने, “यस किस्ताले देशको आर्थिक स्थिरता बलियो बनाउन र विकासका विभिन्नपरियोजनामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।”
यसअघि नगद चैत २ गते नेपालले पाँचौं किस्ता पाएको थियो। त्यसपछि आइएमएफ टोली नेपाल आएर ईसीएफ सम्झौता कार्यान्वयन र पाँचौंकिस्ता प्रदान गर्दा गरिएका प्रतिबद्धताबारे प्रगति मूल्यांकन गरेको थियो। टोलीले जेठ महिनामा फर्किएपछि दिएको प्रारम्भिक प्रतिवेदनमानेपालले कार्यक्रम कार्यान्वयनमा निरन्तर प्रगति गरिरहेको उल्लेख गरेको थियो।
संशोधित राष्ट्रिय परियोजना बैंक मार्गनिर्देशन सार्वजनिक गर्ने, र वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो रिभ्यु पूरा गरेर रोडम्याप तयार गर्ने जस्तासुधारलाई आईएमएफले प्रमुख अङ्ग मानेको थियो। यी सुधार पूरा भएपछि मात्र छैटौं किस्ता रिलिज गर्ने सर्त राखिएको थियो।
राष्ट्र बैंकले बैंकहरू छनोट गरी लोन पोर्टफोलियो रिभ्यु सुरु गरेसँगै प्रक्रिया अगाडि बढेको हो। अर्थमन्त्री खनालले पनि पदभार ग्रहण गरेपछिआईएमएफसँग छलफल गर्दै समीक्षा सक्ने पहल गरेका थिए। अन्ततः, समीक्षा पास भएपछि बोर्डले नेपाललाई अन्तिम किस्ता दिने निर्णय गरेकोहो।
यस निर्णयलाई नेपालको दीर्घकालीन आर्थिक स्थिरता र संरचनागत सुधारको दिशामा सकारात्मक संकेतका रूपमा हेरिएको छ। सरकारलेउपलब्ध रकमलाई आधारभूत विकास र राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा उपयोग गर्ने योजना बनाएको छ।






प्रतिक्रिया दिनुहोस्