काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई १ लाख रुपैयाँभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ ।
लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुस÷रिसवतका रूपमा लिएको १ लाख २० हजार ५८० रुपैयाँ कार्यकक्षमा लुकाइराखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोलीले आज नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनले भने, ‘लेखा अधिकृत दाहालको कार्यकक्षबाट घुस÷रिसवतबापतको रकम, मोबाइल डिभाइस एक थान र अन्य सम्बन्धित कागजातसहित नियन्त्रणमा लिइएको हो ।’ उक्त विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्