Skip to content

कांग्रेसले प्रतिज्ञापत्रः ५ वर्षमा अर्थतन्त्रको आकार ११५ खर्ब र प्रतिव्यक्ति आय २५०० डलर पुर्याउने

करका दर र सर्तहरू १५ वर्षसम्म स्थिर रहने गरी ’स्ट्याबिलिटी क्लज’ सहितको कानुनी ग्यारेन्टी गर्ने

nabil bank

काठमाडौं । नेपाली कांग्रेसले आगामी ५ वर्षलाई ’आर्थिक पुनरुत्थानको अर्धदशक’ घोषणा गर्दै दोस्रो पुस्ताको आर्थिक सुधारमार्फत नेपालको अर्थतन्त्रलाई ११५ खर्ब रुपैयाँ र प्रतिव्यक्ति आयलाई २५०० अमेरिकी डलर पुर्याउने सङ्कल्प गरेको छ ।

आज कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्दै यस्तो संकल्प गरेको हो । यसका लागि कुल १३७.५ खर्ब रुपैयाँ बराबरको लगानी परिचालन गर्ने र त्यसमा ८० प्रतिशत हिस्सा निजी क्षेत्रको कायम गर्दै राज्यको भूमिकालाई केवल सहजकर्ता र निष्पक्ष नियामकमा सीमित गर्ने जनाएको छ ।

यस्तै मुद्रास्फीति (महंगी) लाई ५ प्रतिशतभित्र नियन्त्रण गर्ने र सीमान्त पूँजी उत्पादन अनुपातलाई ४.५ः१ मा कायम राख्ने जनाएको छ ।

नेपालको अर्थतन्त्रलाई ‘प्रो–प्राइभेट’, ‘प्रो–ग्रोथ’ र ‘प्रो–सोसल जस्टिस’ बनाउन तीन स्तम्भमा केन्द्रित हने जनाएको छ ।

जसमा निजी क्षेत्रलाई समृद्धिको मुख्य इन्जिनका रूपमा स्थापित गर्दै नीतिगत स्थिरता, स्वस्थ प्रतिस्पर्धा र ‘प्रो–प्राइभेट’ वातावरण निर्माण गर्ने रहेको छ । यस्तै सरकारले बजारको प्रतिस्पर्धी, निष्पक्षता र स्वच्छताका लागि एक कुशल नियामकको भूमिका मात्र निर्वाह गर्ने र रोजगारीमूलक र ’उत्पादनमा आधारित’ उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने ‘प्रो–ग्रोथ’ नीति लिन्छौं; जहाँ युवाहरू केवल श्रमिक मात्र नभई ’सम्पत्ति सिर्जना र उद्यमशीलता’ का वास्तविक साझेदार हुने जनाएको छ ।

हाल सञ्चालनमा रहेका विभिन्न प्रकारका उद्योगहरूले भोग्नु परिरहेका नीतिगत अस्पष्टता, कानुनी झन्झट र संस्थागत जटिलताहरूलाई तत्काल सम्बोधन गर्न एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै झन्झटमुक्त उद्योग सञ्चालनको वातावरण बनाउने रहेको छ ।

यस्तै करका दर र सर्तहरू कम्तीमा १०–१५ वर्षसम्म स्थिर रहने गरी ’स्ट्याबिलिटी क्लज’ सहितको कानुनी ग्यारेन्टी गर्ने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi