काठमाडौं । नेपाली कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्दै नयाँ सोच र परियोजना भएका युवालाई परियोजनाकै धितोमा ५ देखि ५० लाख रुपैयाँसम्मको ’बिउ पुँजी’ उपलब्ध गराउँने जनाएको छ ।
युवा उद्यमीका लागि २५ प्रतिशत अनुदान, ५० प्रतिशत सहुलियत ऋण र २५ प्रतिशत स्व–लगानीको मोडल कार्यान्वयन गर्ने जनाएको छ । चर्को ब्याजदरको भार कम गर्न विशेष अनुदान उपलब्ध गराउँने साथै स्टाटअपहरूलाई केवल पुँजी उपलब्ध गराउनु मात्रै नभएर आवश्यक प्राविधिक सल्लाह र ’मेन्टरसिप’ कार्यक्रममा समेत आबद्ध गराउने जनाएको छ ।
यस्तै युवा उद्यमीको स्टार्टअपले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरणका लागि सरकारी खरिदमा प्राथमिकता दिने नीति लिने जनाएको छ । नेपालमै बसेर काम गरिरहेका युवाको व्यवसायमा लगानी गर्ने निजी लगानीकर्तालाई विशेष सुविधा दिई लगानी गर्न प्रोत्साहन गर्ने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्