Skip to content

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज सुन चाँदीको मूल्य बढेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ४ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको ३ लाख ४०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको पनि मूल्य बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा तोलामा १८० रुपैयाँले बढेको छ । बुधबार प्रतितोल ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi