Skip to content

विदेशी लगानीमा ‘अटोमेटिक रुट’ को माथिल्लो सीमा घट्यो, कुन–कुन क्षेत्रलाई फाइदा हुन्छ ?

nabil bank

काठमाडौं । सरकारले विदेशी लगानी स्वीकृतिको प्रक्रियालाई थप सहज बनाउँदै ‘अटोमेटिक रुट’ (स्वचालित मार्ग) सम्बन्धी व्यवस्था परिमार्जन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ को उपदफा (१) बमोजिम नयाँ व्यवस्था लागू गरेको हो।

प्रकाशित सूचनाअनुसार तोकिएका उद्योग तथा व्यवसायका क्षेत्रमा अब स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृति प्रदान गरिनेछ। यस व्यवस्थाअन्तर्गत स्वीकृत गरिने लगानीको अधिकतम सीमा तोकिएको छैन। साथै, सूचना प्रविधिमा आधारित उद्योगका हकमा स्वचालित मार्गबाट स्वीकृति दिँदा न्यूनतम लगानी सीमा पनि लागू नहुने व्यवस्था गरिएको छ।

सरकारको यो निर्णयले विशेषगरी सूचना प्रविधि, नवप्रवर्तनमा आधारित स्टार्टअप, सेवा क्षेत्र तथा प्रविधि हस्तान्तरणसम्बन्धी उद्योगलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ। स्वीकृति प्रक्रियामा लाग्ने समय घट्ने र प्रशासनिक जटिलता कम हुने भएकाले साना तथा मध्यम आकारका विदेशी लगानीकर्तालाई आकर्षित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi