काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनोट भएका छन्।
कार्यकारी निर्देशकको छनोट तथा सिफारिस समितिको साउन २१ गते बसेको बैठकले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा वर्णानुक्रम अनुसार पाँच जना उम्मेदवार छनोट गरेको हो।
अन्तर्वार्ताका लागि छनोट हुनेमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन्।
समितिले जारी गरेको सूचनाअनुसार प्रस्तुतिकरण तथा अन्तर्वार्ता अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंमा सञ्चालन हुनेछ। अर्जुन कुमार गौतमको अन्तर्वार्ता साउन २५ गते बिहान ७ बजे, गोपाल घिमिरेको बिहान ८ बजे, पर्वत कुमार कार्कीको साँझ ५ बजे, यज्ञ प्रकाश न्यौपानेको साँझ ६ बजे तथा समता पन्त भट्टको साउन २६ गते बिहान ८ बजे तय गरिएको छ।
नागरिक लगानी कोषले रिक्त रहेको कार्यकारी निर्देशक पद खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने प्रक्रियाअन्तर्गत उक्त छनोट सूची सार्वजनिक गरेको हो।





प्रतिक्रिया दिनुहोस्