Skip to content

एलपी ग्यासमा कृत्रिम अभाव वा कालोबजारी देखिए तत्काल जानकारी दिन आग्रह

काठमाडौं । बजारमा एलपी ग्यासको कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी कुनै समस्या देखिए वा उपभोक्ताले ग्यास प्राप्त गर्न कठिनाइ भोगेमा तत्काल जानकारी गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको सचिवालयले आग्रह गरेको छ।

मन्त्रीको सचिवालयका अनुसार यस्ता समस्या देखिएमा ९८५१११६७७३ नम्बरमा सम्पर्क गरी जानकारी उपलब्ध गराउन उपभोक्तालाई अनुरोध गरिएको हो।

सचिवालयले प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T