काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन दिएका मध्येबाट ४ जनाको संक्षिप्तसूची तयार भएको छ ।
सीईओ छनौट तथा सिफारिश समितिले ४ जनाको संक्षिप्तसूची तयार पारेर अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको छ ।
संक्षिप्तसूचीमा पर्नेमा अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदी रहेका छन् ।
संक्षिप्तसूचीमा परेका ४ जना मध्ये पौडेलको असोज २३ गते बिहान ७ बजे र नवराज सापकोटाको बिहान ८ बजे अर्थ मन्त्रालयमा अन्तवार्ता तथा प्रस्तुतीकरण हुनेछ । यस्तै नारायण सापकोटाको सोही दिन साँझ साढे ५ बजे र प्रताप सुवेदीको साढे ६ बजे अर्थ मन्त्रालयमा अन्तवार्ता तथा प्रस्तुतीकरण हुनेछ ।
नेप्सेको सीईओ खुला प्रतिस्पर्धाको आधारमा छनौट गरी नियुक्तिका लागि सिफारिस गर्ने प्रयोजनको लागि गठित छनौट तथा सिफारिश समितिले साउन १२ गते पदपूर्तिसम्बन्धी सूचना जारी गरेको थियो । जसमा ८ जना उम्मेदवारले आवेदन दिएका थिए । आवेदन दिएका ८ जनाबाट ४ जना संक्षिप्तसूचीमा परेका हुन् ।









प्रतिक्रिया दिनुहोस्