काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् ।
बैंकले सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम सहयोग गरेको जनाएको छ । बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नायव महाप्रबन्धक सुर्य बहादुर तामाङ, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने लगायतका पदाधिकारीहरु तथा उक्त संस्थाको तर्फबाट डा. भगवान कोइराला, भुवन दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैंकबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्य लिई स्थापना भएको काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानले काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुुनेछ ।
प्रतिक्रिया दिनुहोस्