१.सेयर बजार वास्तवमा भन्दा जुवा घर हुँदै होईन
। यो एउटा लगानी
गर्ने क्षेत्र हो । त्यसैले
यो क्षेत्रलाई कौडाको खाल जस्तो सोच्नु निकै गलत हुन्छ । २१औ शताब्दीको
सेयर बजारमा अथाह ज्ञान चाहिन्छ । त्यसैले बजार
बाट कमाउने कुरा भन्दा पहिले बजारलाई सिक्न तल्लिन हुनुहोस । बजारको साईकल
,कम्पनी छान्ने तरिका , बजारलाई असर पार्ने खबर हरु , आदि । यी कुराको
ज्ञान बाट लगानी कर्ता उत्तानो परेर फस्ने सम्भावना धेरै कम हुन्छ ।
यस्ता कुराको ज्ञानले बजारमा छिर्न र निस्कने समय
सिकाउछ , बलिया कम्पनी छान्न सिकाउछ । हामी ६५००
को ब्ल्याक लेभल लगेर कसै बाट कुनै कम्पनीको भित्री सुचना लिन खोज्छौ तर ५०००–१००००
का सेयर तालिम लग्न हामि हिच्किचाउछौ । सर्वप्रथम ज्ञान
नै महत्त्वपूर्ण कुरो हो ।
हामी धेरै जसो लगानी कर्ता हरु एकै प्रकारका कम्पनीहरु धेरै किन्छौ । धेरै जसो
लगानी कर्ता हरु पाेर्टफाेलियाे व्यवस्थापन तर्फ लाग्दैनौ । तर सेयर
बजारमा यो एउटा गलत
रणनीति हो । सेयर
बजारमा लगानी गरिसके पछि आफू सङ्ग विभिन्न क्षेत्रका सेयर हुनुपर्छ । जसले गर्दा
कुनै एक क्षेत्रमा सामन्य
घटने वेभ सुरुभो भने त्यसले आफुलाई ठुलो असर गर्दैन । पाेर्टफाेलियाे व्यवस्थापनले
रिस्क मिनिमाईजेसन गर्ने कार्य गर्छ ।
हामी मिडिया प्रती निकै विस्वास गर्छौ त्यो गल्ती कुरा हो मिडियाका कुरा
सबै सहि हुदैनन । मिडियाका विभिन्न
स्वार्थ हुन्छ्न । यो यहाँ
मात्र नभएर सन्सारका धेरै सेयर बजारको समस्या हो । मिडियाबाट
वच्न सर्वप्रथम आफ्नो ज्ञान वृद्धि गर्नुहोस । तपाईमा बजार
सम्बन्धि राम्रो ज्ञान छ भने तपाईं
मिडिया त के सरकारका
केही वेक्त्तीको कुरालाई पनि विस्वास गर्नु हुन्न किनकी तपाईं कन्क्लुजनमा पुगेपछि तपाईलाई केहीले पनि फरक पार्दैन । मिडियाले खेल्ने
भनेको त्यो बेला हो जब लगानी
कर्ता बजारका केहि तत्त्व सङ्ग अनविग्य छन । आफुलाई
थाहा छैन मिडियाले भनेपछि त पत्ताउन भन्ने
कुराले बजार लाई तल माथी लग्ने
काम गर्छ ।
सेयर बजारको उतारचढावको भविस्य हेर्ने आज सम्म कुनै
सफ्टवेयर बनेको पनि छैन न आज सम्म
कुनै शुत्र नै बनेको छ
। खाली हामिले विभिन्न तत्त्वको अध्यन बाट निस्कर्स निकाल्ने मात्र हो । त्यसैले
यसले बजार १२०० पुग्छ र उसले बजार
२३०० पुग्छ भन्यो भन्दै हल्ला फिजाउनेको पछी लागेर लगानी गर्दै नगरौ । झन आजकाल
सामजिक सन्जालमा बजारलाई एकहरो तताउने र एकहरो उत्तानो
बनाउने समूहनै लागेको छ । त्यसता
समुहको पछी नलागौ । एउटा कुरा
जानी राखौ यो कलि युगमा
अरुका लागि कसैले सल्लाह दिदैन । बजार वृद्धि
हुन्छ भन्नेको बेच्ने दाउ हुन्छ र बजार घटछ
भन्नेको किन्ने दाउ ।
एकपटक बजार प्रवेश गरेपछि बजारको नशामा धेरै जना फस्छ्न । बैंक खाता
,सहकारीको लोन , श्रीमतीका गहना , घर जग्गा समेतको
पैसा बजारमा लगानी गर्न्र लगानीकर्ताको संख्या पनि धेरै छ । यो
एकदम गलत रणनीति हो । हामीले
लगानी गर्नु भन्दा अघि बजार सधै वृद्धि हुन बनेको चिज होइन भनेर बुझ्नु पर्छ । बजारले साथ
नदिएको अवस्थामा हामी घर न घाट
को हुन्छौ । बजारमा आफ्नो
रिस्क बहन गर्न सकिने समप्त्तीमात्र लगानी गर्नु पर्छ । सेयर बजार
अलिकता रिस्की क्षेत्रनै हो ।
हामी न investor बन्न सकेउ न trader । आफ्नो लगानी
कति समयको लागि भनेर हामी स्पष्ट छैनौ । तर आफुले
लगानी गरिसकेपछि यो सेयर यती
वर्षसम्मको लागि भनेर रणनीति बनाउनु पर्छ ।











प्रतिक्रिया दिनुहोस्